शिक्षा,स्वास्थ्यलाई बेलगाम निजी क्षेत्रको हातमा छोड्नु हुँदैन : मन्त्री बराल



Download our app to get more features

रुपन्देही, १ साउन । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले शिक्षा तथा स्वस्थ्य जस्ता अति संवेदनशी क्षेत्रलाई असर पार्ने गरी बन्द हड्ताल गर्नु उचित नभएको वताएका छन् ।
प्रदेश ५ बुटवलमा सोमबार आयोजित साक्षात्कारमा मन्त्री बरालले जुम्लामा अनसनरत डा. गोविन्द केसीइको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए । उनले कुनै पनि समस्याको समाधान संवादबाट मात्रै सम्भव भएको भन्दै डा. केसीको माग सम्बोधनमा पनि राज्यले तदारुकता देखाउनुपर्ने जोड दिए । 

माथेमा आयोगका अधिकांश सुझाब कार्यान्वयन योग्य
चिकित्सा क्षेत्र सुधारका लागि माथेमा आयोगले दिएको अधिकांश सुझाब कार्यान्वयन गर्न सकिने अबस्थाका रहेको उनले बताए । मन्त्री बरालले माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह समेत गरे । उनले काठमाडांैमा मात्र मेडिकल कलेज संचालनमा ल्याएमा प्रदेशहरुमा संस्थापना गरिने मेडिकल कलेजमा दक्ष जनशक्तिको अभाव हुने तर्फ सचेत हुनुपर्ने बताए ।
शिक्षा, स्वास्थ्यलाई  बेलगाम निजी क्षेत्रको हातमा छोड्न नहुने उनको भनाइ छ । मन्त्री बरालले प्र्रदेश ५ का निजी स्वस्थ्य संस्थाहरुसँग समन्वय, नियन्त्रण र नियमन गर्दै अघि वढ्ने वताए । 

‘डा. केसीलाई पुनः अनशन बस्ने वातावरण नबनाऔं’
नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले डा. गोविन्द केसीले गरेको  १५औं पटकको अनशनबाट सम्पूर्ण समस्याको दीगो समाधान गरी अनसनलाई सदाका लागि अन्त्य गर्नु पर्ने बताइन । लुम्बिनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपालबहादुर पोख्रेलले डा. केसीका कतिपय माग जीवन निर्वाहको सिद्धान्त विपरित भएको दावी गरे । देवदह मेडिकल कलेजका अध्यक्ष रजनिस जिन्दलले डा. केसीको माग जे जसो भए पनि उनलेको जीवन रक्षा महत्वपूर्ण भएको र त्यसतर्फ सरकार संवेदनशील हुनुपर्ने बताए ।   अफिन लुम्विनीका उपाध्यक्ष मुिक्तराज पौडेलले जनताका माग प्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए ।  
 

Last modified on 2018-07-17 14:13:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts