डा. केसीको पक्षमा सरकारी चिकित्सक संघ, आन्दोलनमा सघाउने



Download our app to get more features

काठमाडौं, ३ असार । सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले डा. गोविन्द केसी पक्षमा आन्दोलन गर्ने भएको छ । डा. केसीको जीवनरक्षाको लागि सरकारले देखाएको कठोर मौनता प्रति संघले गम्भिर ध्यानाकर्षण गर्दै आन्दोलन गर्ने पक्षमा रहेको हो । 

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै संघले सत्य निष्ठाका अभियान्ता डा. केसीको जिवन रक्षाका लागि सरकारी चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार अपिल गर्ने बताएको छ ।

‘डा. केसीको स्वास्थ्य अवस्था पुरै नाजुक बन्दा पनि सरकारको तर्फबाट कुनै कदम नचालिनुले सरकारको लाचारिपन र डा। केसी उपरको दृष्टिकोणलाई प्रष्ट पार्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ । 

Last modified on 2018-07-19 08:31:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts