डा. केसीलाई सेनाको हेलिकोप्टरबाट काठमाण्डौ ल्याइँदै, आफुलाई अपहरण गर्न लागिएको केसीको आरोप



Download our app to get more features

काठमाडौं, ३ साउन । जुम्लामा २० दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीलाई सरकारले जबर्जस्ती काठमाडौं ल्याउन लागेको छ । त्यसका निम्ति प्रतिष्ठान प्रांगणमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

आफुलाई सरकारले जबर्जस्ती काठमाडौं लान खोजिएकोमा केसीले असन्तुष्टि व्यक्त गरेका छन् । आज बिहान एक अडियो विज्ञप्ति जारी गर्दै केसीले आफुलाई सरकारले अपहरण गर्न लागेको बताएका हुन् ।

उनले प्रतिष्ठानमा उपलब्ध चिकित्सकले आफुलाई उत्कृष्ट स्वास्थ्य सेवा दिएको भन्दै अडियोमा भनेका छन्, ‘सरकारलाई मेरो स्वास्थ्यको चासो हो भने माग पुरा गर्नुस,  अनशन तोड्छु ।’

केसीलाई काठमाडौं ल्याउन हेलिकोप्टर जुम्ला पुग्यो

यसैबीच सरकारले केसीलाई जबर्जस्ती राजधानी ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाली सेनाको हेलिकोप्टर अनसनस्थल तर्फ पठाएको छ । त्यसका लागि अनसन स्थलमा सम्भावित विरोधलाई मध्यनजर गर्दैै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डा. केसीलाई काठमाडौं ल्याएपछि त्रिवि शिक्षण अस्पतालमा नै उपचार गर्ने भएको छ । 

Last modified on 2018-07-19 10:44:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts