नेकपा समर्थित कर्मचारीद्वारा शिक्षण अस्पतालका तीनजना आवासीय चिकित्सकलाई हातपातको प्रयास



Download our app to get more features

काठमाण्डौ । शिक्षण अस्पताल महाराजगञ्जमा नेकपा समर्थित कर्मचारीहरुले तीनजना आवासीय चिकित्सकलाई दुव्र्यवहार गरेका छन् ।

केसीको समर्थनमा अस्पताल प्रागंणमा जम्मा भएका डा. सुमित पाण्डे, डा. कुशल गुरुंग र डा. घनश्याम खरेलमाथि हातपातको प्रयास सहित दुव्र्यवहार गरेका हुन् । अस्पताल खुलाउन भन्दै जम्मा भएका नेकपा समर्थित कर्मचारीले उनीहरुमाथि हातपातको प्रयास गरेपछि प्रहरीले अवस्था साम्य बनाएको हो ।

शिक्षण अस्पतालमा प्रहरी परिचालन भएसँगै अवस्था सामान्यउन्मुख भएको छ । कर्मचारीको व्यवधानपछि आवासीय चिकित्सकहरु प्रदर्शनका लागि माइतिघर तर्फ प्रस्थान गरेका छन् । 

Last modified on 2018-07-20 08:12:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts