डा. केसीको अनशनस्थलमा आज दिनभर के भयो



Download our app to get more features

काठमाडौं, ७ साउन । २४ दिनदेखि अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रम निरन्तर जारी छ । यहि क्रममा सोमबार बिहानै कांग्रेस नेता डा. केदार नरसिंह केसी अनशनस्थल पुगेका छन् । साथै कांग्रेसकी कोषाध्यक्ष सितादेवी यादव पनि डा. केसीको अनशनस्थलमा पुगेर उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएकी छन् । 

राष्ट्रिय प्रजातन्त्र पार्टी एकीकृतका अध्यक्ष पशुपति शमशेर राणा पनि डा. केसीको अनशनस्थलमा पुगेर ऐक्यबद्धता जनाएका छन् । डा. केसीको अनशनलाई समर्थन जनाउँदै त्रिवि शिक्षण अस्पतालका आवासिय चिकित्सकहरूले आजबाट आकस्मिक बाहेकका सबै सेवा पुनः ठप्प पर्दै विभिन्न विरोधका कार्यक्रम सुरु गरेका छन् । उनीहरूले डा. केसीको जीवन रक्षा र उनले अघि सारेका मागहरू पुरा गर्न सरकारलाई दबाब स्वरुप आन्दोलन सुरु गरेको जनाएका छन् ।

यसैबीच पूर्व राष्ट्रपति डा. रामबरण यादव पनि अनशनस्थलमा पुगेका छन् । अनशन स्थलमा पुगेर उनले डा. केसीको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।
डा. केसीको अनशनलाई समर्थन जनाउन नेपाली कांग्रेसका महिला सांसदहरु प्नि अनशन स्थलमा पुगेका छन् । यता बसन्तपुर दरबार क्षेत्रमा पनि नागरिक समाजले डा. केसीको आमरण अनशनलाई समर्थन जनाउँदै अनशन सुरु गरेको छ । 
 

Last modified on 2018-07-24 12:35:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts