बिरामीको सेवा रोकी आन्दोलनमा नउत्रन आग्रह



Download our app to get more features

काठमाडौं, ७ साउन । नेपाल निजामती कर्मचारी संगठनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जका चिकित्सकलाई बिरामीको सेवा रोकी आमहडतालमा नउत्रन आग्रह गरेको छ । संगठनको चौथो केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार देवकोटाले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा आमहडताल गर्दा बिरामीको उपचारमा गम्भीर असर पर्ने भएकाले चिकित्सकलाई अस्पतालमा हडताल, जुलुसजस्ता कार्य नगर्न आग्रह गरेका हुन । 

उनले डा. गोविन्द केसीले उठाएकाका कतिपय माग जायज भएको र चिकित्सा शिक्षा विधेयक संसद्मा दर्ता भएकाले संसद्बाट नै समाधान खोजिनुपर्नेमा जोड दिए । ‘एकजना व्यक्तिले राखेको माग राज्यले पूरा गर्न सक्दैन’, उनले भने, ‘कुन ठाउँमा कुन कलेज र शिक्षा दिने अधिकार सरकारलाई छ । त्यसैले अनशनका नाममा सबै अस्पताल बन्द गरेर लाखौँ जनताले स्वास्थ्योपचार गर्न पाउने वातावरणबाट वञ्चित गर्नु हुँदैन ।’ रासस

Last modified on 2018-07-23 17:16:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts