बंगलादेशमा अध्ययन गर्न गएका चेलीहरू बारे दिएको धारणा तोडमोड गरेको प्रसाईको आरोप 



Download our app to get more features

भक्तपुर, ७ साउन । प्रस्तावित बिएण्डसी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बंगलादेशमा चिकित्सक अध्ययन गर्न गएका नेपाली चेलीको बिषयमा दिएको अभिब्यिक्तिको मूल मर्म तोडमोड गरी सामाजिक सञ्जालमा भाईरल गराइएको आरोप लगाएका छन् । 

रफत सञ्चार क्लब भक्तपुरमा सोमबार आयोजित साक्षात्कारमा प्रसाईले भने ‘धेरै समयअघि एक कार्यक्रममा बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीको अवस्था र उनीहरुको शोषणका बिषयमा दिएको अभिब्यक्तिलाई अहिले त्यसको मर्म तोडमोड गरि सामाजिक सञ्जालमा भाइरल बनाए । मैले भन्न खोजेको बिषयलाई तोडमोड गरेर विवादमा तान्न खोजियो ।’  प्रसाईले सो भनाईको आशय सामाजिक सञ्जालमा आएको जस्तो नभएको दावी गरे । बंगालादेशमा अध्ययन गर्न जाने चेलीहरुलाई नेपालमै अध्यनको वातावरण श्रृजना गर्न सके राम्रो हुने र त्यहाँ उनीहरुले बिभिन्न खालको शोषणको सामना गर्नु पर्ने अवस्थाको अन्त्य हुने रहेको धारणा दिन खोजेको उनको भनाइ छ । 

चिकित्सा बिधेयकका बारे उनले संबिधान र कानुन बमोजिम सरकारले निर्णय गर्ने बिषय भएकाले यो बिषयमा बोल्नु उपयुक्त नहुने बताए । उनले डा. गोबिन्द केसीको अन्दोलनका बारे पनि बोल्नु पर्ने बिषय नभएको र सरकारले नै उनको माग सम्बोधन गर्ने वा के गर्ने बताए । 
 

Last modified on 2018-07-24 12:35:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts