डा.केसीको अनसन २५ औं दिनमा, अस्पताल परिसरमै थाले समर्थक चिकित्सकले अनसन



Download our app to get more features

काठमाडौं, ८ साउन । प्रा.डा.गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै आजदेखि त्रिवि शिक्षण अस्पतालमा आवासीय चिकित्सकले अनसन सुरु गरेका छन् । 

बिहान १० बजेदेखि सुरु भएको अनसन साँझ ५ बजेसम्म जारी रहनेछ । आवासीय चिकित्सकहरुको अनशनमा नेपाल चिकित्सक संघले पनि ऐक्यवद्धता जनाएको छ । 

संघले सोमबार विज्ञप्ति जारी गर्दै डा.केसीको जीवन रक्षाका लागि भन्दै सोमवारदेखि देशभरका चिकित्सकलाई आफू कार्यरत स्वास्थ्य संस्थाका नियमित ओपिडी टिकट, बील बहिष्कार गर्न र अनसन बस्न आग्रह गरेको हो ।

चिकित्सा क्षेत्रको सुधारका ७ बुँदे मागसहित असार १६ गतेदेखि अनसनरत प्रा. डा. के.सीको जीवनरक्षाका लागि २५ औं दिन हुँदा समेत सरकार गम्भीर नहुँदा केसीको जीवन दिनप्रतिदिन जोखिमपूर्ण बन्दै छ । 

सरकारलाई तत्काल वार्ता मार्फत समाधान निकाल्न दवाव दिँदै संघले आफ्ना सम्पूर्ण शाखा कार्यालय र देशभरका चिकित्सकलाई आ–आफ्नो जिल्लामा रिले अनसन, र्याली, धर्ना लगायतका विरोधका कार्यक्रमहरु गर्दै नागरिक समाजसँग समन्वय गरी सशक्त विरोध गर्न अपिल पनि गरेको छ ।

तस्वीरः सन्तोष उपाध्याय, चिकित्सक त्रिवि शिक्षण अस्पताल

Last modified on 2018-07-25 09:09:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts