मेडिकल शिक्षा पढ्न बंगलादेश गएका छात्राविरुद्ध विवादित अभिव्यक्ति दिएका कानुनमन्त्री तामाङको राजीनामा  



Download our app to get more features

काठमाडौं, ८ साउन । बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्न गएका नेपाली छात्राहरुविरुद्ध विवादित अभिव्यक्ति दिएका कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन् । केही दिन अघि काठमाडौं एक विद्यालयमा आयोजित कार्यक्रममा उनले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि आज तामाङले  राजीनामा दिएका हुन् ।

कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेका छन् । उनले मैले सुनेको छु भन्दै बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मित बेच्न बाध्य हुनु पर्ने गरेको दाबी गरेका थिए ।

उनको सो अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि एक विज्ञप्ति जारी गर्दै माफी समेत मागेका थिए । विज्ञप्तिमा पनि विद्यार्थीहरुले भोग्नु परेको समस्या उजागर गरेको भनेपछि अझ आलोचना भएको थियो ।
सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको भन्दै सत्तारुढ नेकपाकै शीर्ष नेताहरुले कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

Last modified on 2018-07-25 09:11:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts