डा. केसीका माग सम्बोधनबारे बालुवाटारमा छलफल



Download our app to get more features

काठमाडौं, ८ साउन । २५ दिनदेखि अनशनरत डा. गोविन्द केसीले उठाएका विषयमा छलफल गरेर टुङ्गोमा पुग्ने गरी सरकारले छलफल सुरु गरेको छ ।  

प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीले डा. केसीले उठाएका मेडिकल शिक्षा क्षेत्र सुधार सम्बन्धी मागहरु बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङ, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा, नेपाल  मेडिकल काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटा, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का पूर्व डिनहरु डा. मदन उपाध्याय, डा. रमेशकान्त अधिकारी र डा. केसीका वार्ता समितिका संयोजक डा. अभिषेकराज सिंहलाई बलाएका थिए । छलफल डा. केसीको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको जनाइएको छ । 

यसअघि, प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता सुवास नेम्वाङसहित काउन्सिलका अध्यक्ष डा. बास्कोटा, माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमा लगायतसँग छलफल भएको थियो। उक्त छलफलपछि नेम्वाङ सहितको अर्को छलफल सुरु भएको हो। डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारका तर्फबाट छलफल तिब्र अगाडि बढेको हो। उनीहरुले सोमबार पनि छलफल गरेका थिए। 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts