सरकार र डा. केसी पक्षबीचको वार्ता पुनः सुरु



Download our app to get more features

काठमाडौं, ९ साउन । हिजो रातीदेखि अवरुद्ध रहेको डा. गोविन्द केसी र सरकारका प्रतिनिधिबीचको वार्ता पुनः सुरु भएको छ।  मंगलबार रातीको वार्तामा सरकार पक्षका प्रतिनिधिले चिकित्सा शिक्षा विधेयक संशोधनबारे सहमति गर्न म्यान्डेट नभएको बताएपछि अन्य मागमा मात्रै कुराकानी भएको थियो। यद्यपि, दुवै पक्षले वार्ता सकारात्मक रुपमा अघि बढेको उल्लेख गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए। सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षसँग भएका वर्ताको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपनि पुनः आज दिउँसो वर्ता सुरु भएको हो ।  

आजको वार्तामा विधेयकबाट हटाइएका प्रमुख विषयहरु काठमाडौं उपत्यकामा १० वर्ष नयाँ मेडिकल नखोल्ने, एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, सम्बन्धनका लागि ३ सय श्ययाको अस्पताल कम्तीमा ३ वर्षसम्म सञ्चालन भएको हुनुपर्ने, सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत सिट निःशुल्क हुनुपर्ने लगायतका २५ वटा विषयमा छलफल हुने जनाइएको छ। साथै विधेयकबाट हटाइएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कार्यक्रमहरु समेत थप गर्ने विषयमा पनि छलफल केन्द्रित हुने जनाइएको छ।

वार्तामा सरकारी पक्षमा शिक्षा सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने सहभागी छन् भने डा केसीका तर्फबाट डा. जीवन क्षेत्री, डा. अभिषेक सिंह, सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र सुमित पाण्डे छन्।

Last modified on 2018-07-25 17:37:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts