डा. केसी र सरकारबीच सहमतिको मस्यौदा तयार, केसीसँग शिक्षण अस्पतालमा छलफल हुँदै



Download our app to get more features

काठमाडौं, १० साउन । २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारबीचको वार्ता सहमतिको नजिक पुगेको छ । 

प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा जुटेको सहमतिको ड्राफ्न लिएर केसीपक्षीय वार्ताटोली शिक्षण अस्पताल पुगेको छ । उनीहरुले सरकारसँग भएको वार्ता अनुसार तयार भएको सहमतिको मस्यौदा डा. केसीलाई देखाउने कार्यक्रम रहेको छ । यदि त्यस मस्यौदामा डा। केसी सहमत भए आजै अनशन तोडाउने बताइएको छ । डा. केसी पक्ष र सरकारबीच विभिन्न ७ वटा बुँदामा सहमतिको मस्यौदा बनाइएको छ ।

Last modified on 2018-07-26 19:00:25


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts