सम्बन्धन पाउन बाँकी मनमोहन र बीएण्डसीको के हुन्छ ?



Download our app to get more features

काठमाडौं, ११ साउन । ९ बुँदे सहमति अनुसार डा. गोविन्द केसीले १५ औं अनशन तोडेसँगै विवादास्पद मनमोहन स्मृति अस्पताल र झापाको विएन्डसी अस्पतालको विषय किनारा लागेको छ । बिहीबार भएको सहमतिले झापाको बिएन्डसी अस्पतालले भविष्यमा मेडिकल कलेजको सम्बन्धन पाउन सक्ने जनाउ दिएको छ भने स्वयम्भूस्थित मनमोहन स्मृति अस्पतालको हकमा तत्काललाई त्यो बाटो बन्द गरिदिएको छ ।

विधेयकको दफा १२ को संशोधनमा ‘ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न मेडिकल कलेजको आशय पत्र प्रदान नगरिने’ व्यवस्था हुनेछ ।

आशय पत्र पाइसकेका र सबै मापदण्ड तथा पूर्वाधार पूरा गरेका अस्पताललाई दुई वटा विकल्प दिइएको छ। सरकारलाई सम्पत्ति हस्तान्तरण गर्ने, वा सम्बन्धित व्यक्तिले बेच्न चाहेमा सरकारले किन्न सक्नेछ। त्यस्तै चिकित्सा शिक्षा आयोगले प्राथमिकता तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहेमा सरकारले प्रोत्साहन सुविधा दिने ।

वा कसैले सम्पत्ति नबेचेर आयोगले तोकेको क्षेत्रमा स्थानान्तरण गर्न चाहे सरकारले प्रोत्साहन सुविधा उपलब्ध गराउने व्यवस्था छ। यद्यपी काठमाण्डौ बाहिरको हकमा भने अब बन्ने चिकित्सा शिक्षा आयोगले पूर्वाधार पुगेका शिक्षण संस्थालाई मेडिकल कलेजको सम्बन्धन दिन सक्नेछ । यसबाटोबाट बीएण्डसी मेडिकल कलेजले भने सम्बन्धन पाउने आशा जीवितै राखेको छ ।

Last modified on 2018-07-28 06:28:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts