चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत



Download our app to get more features

काठमाडौँ, ११ साउन  ।  प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले सो विधेयक सदनमा प्रस्तुत गरेका हुन् । 

विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए । उनले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गरे । मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताए । डा. गोविन्द केसी र सरकारबीचको सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न उनले सांसदलाई आग्रह पनि गरे ।  

उक्त विधेयकमाथि विरोधको सूचना हालेका सांसदद्वय काँग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले  विरोधको सूचना फिर्ता लिएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो । रासस

Last modified on 2018-07-28 09:17:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts