७२ प्रतिशत फोक्सोका क्षयरोगी



Download our app to get more features

काठमाण्डौं, १३ साउन । नेपालमा ७२ प्रतिशत फोक्सोका क्षयरोगी बिरामी भएको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार हाल ३२ हजार ३ सय ७९ जना नयाँ क्षयरोगीका बिरामी फेला परेका छन् । जसमध्ये २३ हजार ५ सय २७ जना फोक्सोका क्षयरोगी रहेका छन् भने, ८ हजार ८ सय ५२ जना अर्थात २८ प्रतिशत फोक्सो बाहिर हुने क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

क्षयरोगको संक्रमण हुनेमा १ हजार ७ सय ६९ जना बालबालिका समेत रहेका छन् । केन्द्रका अनुसार पछिल्लो समय फोक्सोका क्षयरोगी बिरामी बढेका छन । क्षयरोगीहरुको खोज गर्न चुनौति देखिएपछि क्षयरोगीका बिरामी बढ्न थालेका हुन ।

विश्व स्वास्थ्य संगठनले नेपालमा ४३ हजार व्यक्तिमा क्षयरोगको संक्रमण भएको अनुमान गरेको छ । यता सरकार समक्ष ३४ हजार मात्रै बिरामी रहेका छन् । बाँकी ९ हजार बिरामी हराइ रहेका छन् । यो चुनौतीको विषय हो केन्द्रले भनेको छ ।

हराएका ९ हजार बिरामीबाट अरु स्वास्थ्य मानिसमा सर्ने गरेका कारण क्षयरोगीका बिरामीको संख्या बढ्न गएको होकी भन्ने अनुमान केन्द्रको छ । गरीवी, चेतनाको कमी, रोग लुकाउने प्रवृत्ति, सामाजिक कुरीतिका कारणले गर्दा पनि क्षयरोगीका बिरामीहरु खुलेर उपचारका लागि नआएको हुन सक्छ ।

उपचारमा आउने तर, विचैमा औषधि छाड्नेहरुको संख्यापनि धेरै रहेको छ । जसका कारण स्वास्थ्य व्यक्तिमा क्षयरोग सर्ने गरेको छ । ७२ प्रतिशत फोक्सोका क्षयरोगी क्षयरोग मानिसको नङ र कपाल बाहेकको सबै अङ्गमा हुने गरेको चिकित्सकहरुले बताएका छन् ।

छाती तथा क्षयरोग विषेशज्ञ डाक्टर मोहन कुमार प्रसाईका अनुसार क्षयरोगको संक्रमण अन्य अंगमा भन्दा पनि फोक्सोमा बढि हुने गरेको छ । उनले देशभरका क्षयरोगीहरुको संख्यालाई हेर्दा ७२ प्रतिशतमा फोक्सोको क्षयरोग भएको पाइएको बताए ।

उनले भने, ‘अधिकांसमा फोक्सोको क्षयरोग देखिएको छ । रोगीले हाछ्यु गर्दा किटाणु वायुमण्डलमा जाने र स्वास्थय मानिसले श्वास लिदा सिधै फोक्सोमा जाने भएका कारण फोक्सोमा संक्रमण हुने गर्दछ । त्यसैले क्षयरोग भएका मध्ये फोक्सोका क्षयरोगीलाई बढी प्राथमिकता राख्नु पर्छ ।’

फोक्सोमा भएको क्षयरोग मात्रै स्वास्थ्य मानिसमा सर्ने गर्दछ । काठमाडौं उपत्यकामा मात्र ३६ सय क्षयरोगीका बिरामी रहेको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ । नेपालमा हरेक बर्षे ४५ सय मानिसको क्षयरोगकै कारण मृत्यु हुने गरेको छ ।

क्षयरोग देखिएपछि नियमित रुपमा ६ महिना औषधी खाएमा क्षयरोग निको हुने भएपनि नियमित औषधी सेवन नगर्दा वर्षेनी नेपालमा ४५ सय बिरामीले क्षयरोग कै कारणले ज्यान गुमाउने गरेका छन् ।

Last modified on 2018-07-30 07:14:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts