पहिलो पटक औलो रोगविरुद्धको नयाँ औषधि ६० वर्षपछि  स्वीकृत



Download our app to get more features

काठमाडौं, १३ साउन । अमेरिकी औषधि नियामक निकायका अधिकारीहरूले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात ‌‍‍औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन्। नयाँ औषधिको एकै मात्राले भाइभ्याक्स् भनिने बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने उनीहरूको भनाइ छ।

भाइभ्याक्स् मलेरियाले विश्वमा वर्षेनी ८५ लाख मानिसहरूलाई सताउने गरेको बताइन्छ। भाइभ्याक्स मलेरियाका बिरामीले औषधि खाए पनि उनीहरूको कलेजोबाट परजीवीहरू पूरै नहट्ने हुँदा रोग बल्झिरहने समस्या देखिने गरेको छ।

तर अब त्यो समस्या हट्ने र भाइभ्याक्स मलेरियान निको पार्न सकिने अमेरिकी अधिकारीहरूले बताएका छन् । वैज्ञानिकहरूले टाफेनोक्विन नामक औषधिलाई ‘ठूलो उपलब्धि’ भनेका छन्। अब त्यो औषधि भाइभ्याक्स् मलेरियाबाट पीडित विश्वभरका बिरामीहरूलाई दिन सकिने विकल्प तयार भएको अधिकारीहरूले बताएका छन्।

प्लास्मोडियम भाइभ्याक्स् नामक परजीवीका कारण भाइभ्याक्स् मलेरिया फैलिने गरेको छ। यसले सब सहारा अफ्रिकाबाहेकका क्षेत्रमा ठूलो समस्या खडा गरेको छ। यस्तो प्रकारको मलेरियाको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा धेरै देखिने गरको छ।

खास गरी बच्चा-बच्चीहरू यस्तो मलेरियाको संक्रमणको जोखिममा पर्ने गरेका छन् । यो मलेरिया फैलाउनका लागि लामखुट्टेको एउटा टोकाइ नै पर्याप्त हुन्छ। तर टाफेनोक्विन औषधिको एउटै मात्राले त्यस्तो मलेरिया फैलाउने परजीवीलाई बिरामीको कलेजोबाट निर्मूल पार्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।

अहिले बजारमा उपलब्ध प्राइमाक्विन भनिने औषधि बिरामीले १४ दिन सम्म लिनु पर्ने हुन्छ। तर त्यो लिएपछि पनि औलो रोग बल्झिने गरेको भन्दै विज्ञहरू चिन्तत थिए। विज्ञहरूका अनुसार नयाँ औषधि प्रभावकारी छ तर ग्रन्थीको समस्या र मानसिक रोग भएका बिरामीलाई टाफेनोक्विनले साइड इफेक्ट अर्थात् नकारात्मक असर पुर्‍याउन सक्छ। बिबिसी

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts