डा. केसीलाई आइसियूबाट निकालिँदै 



Download our app to get more features

काठमाडौं, १४ साउन । त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई आइसियूबाट निकालिने भएको छ । त्रिवि शिक्षण अस्पाल आइसियू प्रमुख डा. सुवास आचार्यले डा. केसीलाई आज या भोलि निकाल्ने भन्ने टुंगो नलागेको भन्दै अब चाँडै नै आइसियुबाट निकाल्ने बताए ।

डा. आचार्यले भने, ‘डा. केसीको स्वास्थ्य अवस्था राम्रो हुँदै आएको छ तर अझै पनि कमजोर (विकनेस) हुनुहुन्छ ।’ आइसियूबाट आजै सार्ने भनिएपनि सबैसँग सल्लाह गर्दा भोलि मात्रै सार्ने कुरा भएको पनि उनले सुनाए । डा. केसी १५ औं अनसन तोडेपछि उनी त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएका थिए । 

Last modified on 2018-07-31 07:44:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts