दाँतको डाक्टर बन्नै नपाई ज्यान गयो साहको, जुनियर डाक्टरले उपचारमा लापर्वाही गरेको आरोप 



Download our app to get more features

रुपन्देही २१ साउन । उपचार गर्ने क्रममा आफ्नै सहकर्मीको मृत्यु भएपछि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा विद्यार्थीहरुले आन्दोलन गर्दा आइतवार दिनभर तनावग्रस्त रह्यो ।

कलेजकै विडिएस १३ औं ब्याचमा अध्ययनरत २४ वर्षिय माधब साह शनिबार साँझ अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । तर जुनियर डाक्टरले जथाभावी औषधि चलाउँदा उनको स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गएको मृतक शाहका सहपाठीहरुको आरोप छ । एक विद्यार्थीले भने, ‘हामीले माधबको उपचारमा सिनियर चिकित्सक पठाइदिनका ेलागी प्रीन्सिपल र मेडिकल सुपरीटेन्डेन्ट लाई समेत भन्यौं तर उनीहरुले कुनै चासो दिएनन् । त्यहाँ भएकाले जथाभावी औषधि दिए जसका कारण उनको मृत्यु भयो। ’आइसियुमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सक पवन बरालले जनाए । 

आक्रोसित विद्यार्थिले प्रशासनविरुद्ध नाराबाजी गर्दै आइसीयु कक्षका सिसाहरु समेत तोडफोड गरे । कलेजमा अध्ययनरत अधिकांश विद्यार्थि आन्दोलनमा उत्रीएपछि अस्पतालमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको थियो ।  आन्दोलनकारीहरुले समाचार संकलनका लागी गएका पत्रकारहरुलाई पनि द्रर्व्यवहार गरेका छन्। उनीहरुले एपीवान टिभीका पत्रकार राधेश्याम विकको क्यामरा समेत फुटाए ।  अस्पताल प्रशासनले मृतक शाह पहिलेदेखी बिरामी रहेको उपचारमा कुनै कमि नराखेको दावी गरेको छ । विरोधका क्रममा आइसीयुमा तोडफोड हुँदा भित्र रहेका बिरामीको उपचारमा समेत बाधा पुगेको अस्पतालले जनाएको छ ।

जनकपुर पदमुक्काका शाह ३ महिनापछि दन्त चिकित्सक भएर निस्कीदैं थिए। शाहको मृत्यु भएपछि अस्पतालमा आएकी उनकी आमा अर्धचेत अवस्थामा छिन । पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकारमहा संघ रुपन्देही, प्रेस युनियन, प्रेसचौतारी लगायत संघसंगठनले विज्ञप्तिमार्फत कडा कार्वाही गर्न माग गरेका छन् ।रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले अस्पताल तोडफोड गर्ने र पत्रकारमाथि दुव्र्यहार गर्ने विद्यार्थीको पहिचान गरी कारबाही गरिने आश्वासन दिएका छन् । उनले घटनाका दोषीलाई घटनास्थलबाटै पक्राउ गरेर ल्याउँदा अवस्था जटिल हुने भन्दै अनुसन्धान गरेर दोषीउपर कारबाही गरिने बताए । 
 

Last modified on 2018-08-07 07:05:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts