एनएमबी बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विशेष छुट 



Download our app to get more features

काठमाडौं, २१ साउन ।  सानेपास्थित स्टार हस्पिटल र एनएमबी बैंक, काठमाडौंबीच सहकार्यका लागि सम्झौता भएको छ । हस्पिटलमा आज आयोजित कार्यक्रममा स्टार हस्पिटल र एनएमबी बैंकबीच विभिन्न उपचार सेवामा छुट दिने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्टार हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र एनएमबी बैँकका तर्फबाट बैँकका सिबिओ सुदेश उपाध्यायले हस्ताक्षर गरेका थिए । 

सम्झौता अनुसार स्टार हस्पिटलले एनएमबी बैँकका ग्राहक तथा ग्राहकका परिवारका सदस्यलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छन् । छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ । साथै निकट भविष्यमा नै एनएमबी बैँकका ग्राहकलाई लक्षित गरि सहुलियत दरमा एनएमबी–स्टार हेल्थ प्याकेज लगायतका सेवा सुचारु गर्ने अस्पतालका व्यवस्थापक हरि ढकालले बताए । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts