सम्झौता तत्काल कार्यान्वयन गर्न डा. केसीको ध्यानाकर्षण 



Download our app to get more features

काठमाडौं, २२ साउन । १५औं अनशनका क्रममा डा. गोविन्द केसी र  नेपाल सरकारका प्रतिनिधिबीच भएका सम्झौता मन्त्री परिषद्मा अनुमोदन गर्ने जनाए पनि हालसम्म अनुमोदन नभएकोमा डा. केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । सो सम्झौता अनुमोदन र चिकित्सा शिक्षा ऐनसम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल गठन तथा जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई कार्वाही गर्ने लगायत सम्झौताका बुँदा कार्यान्वयन गर्न समेत डा. केसीले सरकारको ध्यानाकर्षण गराएका छन् । 

डा. केसीद्वरा आज आयोजित पत्रकार सम्मेलनमा सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरु आएर सहमतिलाई अक्षरशः कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको र सोही अनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५ संसोधन हुने उनले विश्वास व्यक्त गरे । यदि सम्झौता विपरित छलछाम भएको खण्डमा कडा भन्दा कडा विरोधका कार्यक्रम ल्याउन बाध्य हुने उनले बताएका छन । उनले भने ‘सरकारले यस्तो अवस्था आउन अवश्य दिनेछैन  र अब कुनै बहाना वा ढिलाइ नगरी शीघ्र संसदबाट सो एने जारी हुनेछ । ’

Last modified on 2018-08-08 06:56:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts