मन्त्रीले खटाएको ठाउँमा सबै गए, महेन्द्र श्रेष्ठ गएनन्, भन्छनः समायोजन ऐन विपरित भयो


Download our app to get more features
Spark_health_home

काठमाडौं, २४ साउन। केहिदिन अगाडि उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उच्च स्तरका कर्मचारिहरुलाई सरुवा गरेका थिए । उक्त सरुवा पछि सरुवा गरेका सबैजसो अहिले आफ्ना–आफ्ना काममा गएका छन् ।

नीति योजना अन्तर्राष्ट्रिय महाशाखाका महेन्द्र श्रेष्ठ, बिकास लामिछाने, आरपि विच्छा, भोगेन्द्रराज डोटेल, तारा पौडेललाई सरुवा गरेका हुन् । हाल उनिहरु सबैजसो जिम्मेवारी सम्हाल्न तोकेको ठाउँमा गएका छन् । तर, महेन्द्र श्रेष्ठले भने अटेरी गरेर बसेको पाइएको छ ।

यसरी हेर्दा हाल उनले शक्ति र सचिव आफ्नो पक्कडमा राखेर आफूलाई भनिएको ठाउँमा अर्को व्यक्ति पठाएका छन् । अरु जाने उनी नजाने किन ? मन्त्रालयभित्र र बाहिर चर्चा हुन थालेकाे छ । 'याे हेर्दा अन्यलाई नियम लाग्ने तर उनलाई नलाग्ने जस्तो देखिएको छ ।' मन्त्रालयका एक अधिकारीले भने ।

तर, श्रेष्ठले भने आफ्नो सरुवा समायोजन ऐन विपरित भएको प्रतिक्रिया दिएका छन् । समायोजन ऐन अनुसार कर्मचारी मन्त्रीले खटाउन पाउने व्यवस्था भएपनि ११ औं तहको व्यक्तिलाई संघमा मात्रै खटाउन पाउने व्यवस्था रहेको श्रेष्ठले बताए ।

उनले भने, ‘ऐन अनुसार संघियमा ११ औँ तहको व्यक्तिलाई मन्त्रीले खटाउँन पाउँछन् । तर प्रदेशमा पठाउनको लागि ११ औं तहको लागि मन्त्रीपरिषद्बाट पास हुनपर्छ । त्यसमा पनि म ११ औं तहको पहिलो व्यक्ति हुँ ।’

उनले थपे,‘त्यसैले मैले निवेदन दिएको हुँ । संघमा जानको लागि ९ र १० तहका कर्मचारीलाई मात्रै मन्त्रीले खटाउन पाउँछन् । समायोजन ऐन २०७४ अनुसार मन्त्रीले यसरी ११ औं तहको कर्मचारीलाई प्रदेशमा खटाउनु गैरकानुनी हो ।’

Last modified on 2018-08-09 17:46:14

bnc bathrog

Leave a Comment

NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital