खोपका कर्मचारीलाई सरकारले अवमुल्यन गरेको आरोप



Download our app to get more features

काठमाडौं, २४ साउन । स्वास्थ्य सेवालाई संघीय संरचनामा विस्तार गर्ने तयारीका क्रममा खोप, परिवार नियोजन, क्षयरोग (सातौं तह) सम्बन्धी कर्मचारीको दरबन्दी कटौती, कार्य जिम्मेवारीको अस्पष्टता, कार्य संचालन गर्ने यूनिटहरुलाई  अवमुल्यन गरेको भन्दै खोप सुपरभाइजर र खोप अधिकृतहरुले आपत्ति जनाएका छन् । संरचना विस्तारका क्रममा हाल सातौं तहमा रहेका कर्मचारीहरुको दरबन्दी त कता हो कता कहिँ कतै कुनै शब्दमा समेत सम्बोधन नगरेको भन्दै उनीहरुले सो संरचना सुधारको माग गरेका छन् । 

खोप सुपरभाइजर र खोप अधिकृतहरुले हाल भइरहेको स्वास्थ्य संरचना विस्तारलाई सुधार गर्न माग गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई ज्ञापनपत्र पेश गरेका छन् । उनीहरुले सो ज्ञापनपत्रमा स्वास्थ्य सेवा संघीय संरचनामा विस्तार हुँदा हाल सातौं र आठौं तह ( जन स्वास्थ्य अधिकृत) को व्यवस्था भएको स्थानमा सातौ तह हेल्थ इन्सपेक्सन समूहको व्यवस्था गरी सातौं तहमा स्तरवृद्धि भएका खोप अधिकृत, प. नि अधिकृत, क्षयकुष्ट अधिकृत, भे. क. सु अधिकृतहरु समेतलाई समायोजना र पदस्थापन गर्न माग गरेका छन् । 

यस्तै कर्मचारी व्यवस्थापन गर्दा सेवाको विशिष्टता, प्राविधि पक्षको आधार र सेवा सञ्चालनमा सहज र निरन्तर गर्न केन्द्र, प्रदेश र हालको निर्देशनालय मा प्रत्येक सेवा कम्तीमा एक एक सम्बन्धित सुपरभाइजरको दरबन्दी सुनिश्चित गर्न माग गरेका छन् । कर्मचारी व्यवस्थापन गर्दा विगतको मौजुदा जनशक्तिबाट नै व्यवस्थापन हुने साविककै भौतिक पूर्वाधारमा नै कार्य सञ्चालन हुने, सेवा अझ प्रभावकारी हुने र राज्यलार्ई कुनै थप दायित्व नपर्ने उनीहरुको भनाइ छ । 

Last modified on 2018-08-10 09:54:24


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts