चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा स्वास्थ्य सेवा अन्तर्गतका पदाधिकारी नियुक्त गर्न गोदानको माग
काठमाडौं, २४ साउन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा स्वास्थ सेवा अन्तर्गतका चिकित्सकलाई मात्र पदाधिकारी बनाउन सरकारी चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ ।
संघले विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवामा काम नै नगरेका र नजिक बाट अनुभव बटुल्न नसकेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गर्नु गैरन्यायोचित र गैर वैज्ञानिक हुने र त्यो असफल हुने हुँदा त्यसो नर्गन आग्रह गरेको छ ।
स्वास्थ्य सेवाका चिकित्सकलाई प्रोत्साहित गर्ने तथा समग्र स्वास्थ्य सेवाको विशिष्टता र सबै कमजोरी बुझेका चिकित्सकले मात्र उपकुलपति पदको मर्यादा कायम राख्न सक्ने संघको ठहर छ ।
सरकारी सेवा अन्तर्गत रहेको उच्चतम रेफरल केन्द्र तथा वर्षौंदेखिको गरिमामय पहिचानलाई कायम राख्दै नतिजा दिन सक्ने योग्य व्यक्तिलाई मात्र उपकुलपतिमा नियुक्ति गर्नपर्ने संघको विज्ञप्तिमा उल्लेख छ । प्रतिष्ठानका पदाधिकारीको पदावधि सकिएसँगै सरकारले नयाँ पदाधिकारी नियुक्ति गर्नेछ । सहकुलपतिका नाताले स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदाधिकारी कुलपतिसमक्ष सिफारिस गर्छन । मन्त्री यादवले स्वास्थ्य सेवाका कर्मचारी बाहेकका मान्छे सिफारिस गर्ने चर्चा चल्न थालेसँगै गोदानको यस्तो विज्ञप्ति आएको हो ।