'असक्षम'लाई टिचिङको निर्देशक बनाउन केसी पक्षको जोड !



Download our app to get more features

काठमाडौं २५ साउन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने विषयले चिकित्सकहरुमा द्वन्द्व निम्त्याएको छ । कार्यकारी निर्देशक प्रा.डा. दीपक प्रकाश महराको कार्यकाल सकिएसँगै नयाँ निर्देशक कसलाई बनाउने भन्नेमा चिकित्सकहरु बीच फरकमत भएकाे हाे ।

निमित्त निर्देशकको जिम्मा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की सहायक डीन प्राध्यापक मन्दिरा वन्तले सम्हालेकी छन् । वन्त नर्सिङ प्राध्यापक हुन् । नर्सिङ भएकै कारण त्रिविका कर्मचारीहरुले उनलाई अटेर गरिरहेका छन् ।

निर्देशकको आकांक्षीका रुपमा ६ जना देखिए पनि प्रा.डा ईश्वर लोहनी, प्रा.डा. वाईपी सिंह, प्रा.डा. दिनेश काफ्लेको नाम बढी चर्चामा छ । वाईपी सिंहलाई आईओएमका डीन प्रा.डा जगदीश प्रसाद अग्रवाल र प्रा.डा. गोवीन्द केसीले बोकेर हिडेका छन् भने अन्य प्रा.डा. ईश्वर लोहनी र प्रा.डा. दिनेश काफ्लेलाई विभागका चिकित्सकहरुले उचालेका छन् ।

'असक्षम'लाई नेतृत्व दिन केसी पक्षको लविङ

जेठको तेस्रो साता नियमित कार्यकाल सकिएका प्रा.डा. महराको पदावधि त्रिविले तीन महिना थपिदिएको थियो । पछिल्लो समय डा. केसीले शिक्षण अस्पतालमा अनशन थालेपछि उनले राजीनामा दिएका थिए । सोही बेला त्रिविले अस्पतालको निर्देशक बन्न योग्य तीन जनाको नाम सिफारिस गर्न आइओएम डीन प्रा.डा. जगदीश अग्रवालको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन गरेको थियो ।

समितिमा डा. रमेश सिंह भण्डारी र डा. जीवन बहादुर शेरचन रहेका छन् । उनिहरुले अझै सिफारिस गररसकेका छैनन् । तर, केसी पक्षले भने अाफु निकट प्रा.डा. वाईपी सिंहलाई बनाउन जोडबल गरेपछि नाम सिफारीस हुन सकेको छैन ।

समितिका एक सदस्यले भने,‘डिन अग्रवाल वाईपी सिंहलाई बनाउनुपर्छ भन्नेमा देखिएका छन् । तर, विगतमा गरेका काम सन्तोषजनक नभएको भन्दै सबै चिकित्सकहरु उनलाई बनाउन नहुने पक्षमा देखिएका छन् । जसका कारण अहिले सम्म नाम टुङ्गोमा पुग्न सकेको छैन ।’

एक नम्बरमा वाईपीको हाल्ने केसी पक्ष

सिफारीस समितिका एक सदस्यका अनुसार डीन अग्रवाल वाईपी सिंहको नाम एक नम्बरमा हालेर पठाउने पक्षमा छन् । डा. सिंहको नाम एक नम्बरमा निर्देशकका लागि सिफारीस गरे उनी नै निर्देशक बन्ने केसी पक्षको बुझाई छ । एक नम्बरमा भएको नामलाई छाडेर दोस्रो वा तेस्रो नम्बरकोलाई बनाएको खण्डमा डा. केसीले एक नम्बरको व्यक्ति बनाउन माग गर्नेछन् भन्ने सर्च कमिटिकाे अनुमान छ।

को कस्ता ?

  • प्रा. डा. वाईपी सिंह विगत सात बर्षदेखि सुरेश वाग्ले क्यान्सर सेन्टर र रिसर्च डिपार्टमेन्टमा रहेर काम गरेका छन् । प्रमुख बनेर खास काम देखाउन नसकेका भनिएका डा. सिंहको व्यवस्थापकीय क्षमतामा माथि अाइअाेएमका प्राध्यापकहरुले प्रश्न विगत देखिनै उठाउँदै अाएकाे बताइन्छ । उनलाई निर्देशक बनाए संस्था थप धरासायी बन्ने केसी विपक्षाका चिकित्सककाे दावी छ ।
  • प्रा.डा. ईश्वर लोहनी पूर्व निर्देशक प्रा.डा भगवान कोइराला सहितको समूहले समर्थन गरेको बुझिएको छ । कोइराला निर्देशक हुँदा सहायक निर्देशक बनेका लोहनीले पूरा कार्यकाल भने बिताएनन् । यसले उनको व्यवस्थापकीय क्षमता जाँच हुन पाएकाे छैन । तर, सहायक निर्देशक भएर काम गर्दा राम्राे परिणाम ल्याएकाे उनका पक्षमा लविङ गर्नेहरु बताउँछन् ।
  • प्रा.डा. दिनेश काफ्ले काफ्ले त्रिवि अाईअाेएममा हक्की स्वभावका प्राध्यापकका रुपमा चिनिन्छिन । उनिमा पनि त्रिविको सहायक निर्देशक भएको अनुभव छ । आफ्नो काममा लगनशील भएर काम गर्ने भएको भन्द‌ै एकथरि उनकाे पक्षमा देखिएका छन् ।
Last modified on 2018-08-11 08:59:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts