हाजिर गरेर हराउँछन् वीरका डाक्टर



Download our app to get more features

काठमाण्डौ । काठमाडौ वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियम अनुसार साँझ ५ बजेसम्म अस्पतालमा बस्नुपर्ने हो । यसैका लागी सरकारले १ सय ५० प्रतिशतसम्म अतिरितm तलब पनि दिने गरेको छ ।

एक कर्मचारीका अनुसार डाक्टरहरु विहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन । कोहिचाँहि बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फकिँदैनन् । 

यस्ता डाक्टरमध्ये कोहिचाँहि दिनभर नै अस्पताल वरिपरीकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केहि डाक्टरले यसको पालना नगरेको स्वास्थ्य मन्त्रालयको एक पदाधिकारी बताउँछन् । साउन दोस्रो साता वीरको एक सय २९ औं वार्षिकोत्सव समारोहमा  उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत यहाँका वरिष्ठ चिकित्सकले समय नदिने गरेको गुनासो पोखेका थिए ।

‘बिहान ढिलो आउने अनि दिउँसो चाडैँ जाने ,हाजिर गरेर निजी क्लिनिक,स्वास्थ्य संस्थामा धाउने यहाँको वषौदेखिको समस्या हो ;अस्पतालकै एक वरिष्ठ चिकित्सक भन्छन्,‘अस्पताल त एमडी÷एमएस÷डीएम÷एमसीएचलगाएतका रेजिडेन्टको भरमा चलिरहेको छ । डाक्टरको भाग्ने प्रवृतिले रेजिडेन्टहरुको पढाइ र बिरामीको सेवा प्रभावीत भएको छ । उनका अनुसार अस्पताल समयमा निजी क्लिनिक चहार्ने चिकित्सकहरुलाई कुनै कारबाही गरिदैन । 

ती चिकित्सकका अनुसार अस्पतालको तलब बराबरको रकम शिक्षण भताका रुपमा दिने गरेको छ । अझ २ देखि ५ बजेसम्म बसेवापत तलबको थप ५० प्रतिशत भता दिइन्छ ।‘दुई बजेपछि करिब आधाभन्दा बढी जनशतिm वेपता हुन्छ’ एक वरिष्ठ कर्मचारी दाबी गर्छन् ।

वीरमा कर्मचारीको इलेक्ट्रोनिक हाजिर सम्बन्धमा देखिएको कमी–कमजोरी सुधार गर्न भन्दै समितिसमेतको गठन गरिएको थियो । ७ सदस्यीय समितिले तीन महिनाको हाजिर अध्ययन गरेर १६ महिनाअघि लिखित प्रतिवेदन दिएको थियो । जसमा सम्बन्धित विभागका प्रमुखलाई हाजिरी काम र उपस्थिति नियमित भए÷नभएको  अनुगमन गर्न सुझाइएको थियो ।‘तर हामीले बुझाएको प्रतिवेदनअनुसार काम भएको छैन’ डा.मनेनप्रसाद गोर्खालीले भने ।

उतm प्रतिवेदनमा हाजिर रेर्कडबाट देखिएका समस्याबारे औँलाइएको छ । कतिपय कर्मचारी ÷चिकित्सक ढिलो आउने गरेको। कतिपय समयमै आए पपनि बीचैमा हिँड्ने गरेको ,कोही बिदा  फारम नै नभरी अनुपस्थित  रहेने गरेको लगायत समस्या औँल्याइएको  थियो । विरका निर्देशक डा. भूवेन्द्र बस्नेतले शिक्षण कार्यमा संलग्नलाई तलबको १५० प्रतिशत र कर्मचारीलाई ५० प्रतिशत अतिरितm भता दिने गरिएको ताए । उाले दशकयता अस्पतालमा आकस्मित छड्के नभएको स्वीकारे तर अस्पतासमयमा कुनै डाक्टर,कर्मचारी बाहिर जाने नगरेको दाबी गरे ।

कान्तिपुर दैनिकमा खबर छ । 
 

Last modified on 2018-08-11 08:59:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts