न्याम्सको उपकुलपतिमा बाहिरको व्यक्ति ल्याउने तयारी 

निमित्त उपकुलपतिमा डा. अधिकारी



Download our app to get more features

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा बाहिरको व्यक्तिलाई उपकुलपतिको जिम्मेवारी दिने तयारी गरेको छ । आइतबार सार्वजनिक गर्ने गरी उपकुलपति पदका लागि मन्त्रालयले दरखास्त आह्वानको तयारी गरेको हो । 

यसअघि प्रष्तिठानमा निमित्त उपकुलपतिको जिम्मेवारी डा. सुबोधराज अधिकारीलाई दिएको थियो । प्रष्तिठानको कार्यकारिणी सदस्य हुँदाहुँदै नियमविपरित डा. अधिकारीलाई निमित्त दिएकोमा चिकित्सकहरु रुष्ठ बनेका छन् । चिकित्सकहरुले प्रतिष्ठानकै व्यक्तिलाई उपकुलपति बनाउनु पर्ने माग गरिरहेको बेला प्रष्ठिानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डा. अधिकारीलाई सो जिम्मेवारी दिएका हुन् । सरकारी चिकित्सक संघ हिजो (विहीबार) मात्रै प्रष्ठिानकै व्यक्तिलाई उपकुलपतिको जिम्मेवारी दिन माग गरेको थियो ।

मन्त्रालयलये उपकुलपति पदमा नियुक्तिका लागि चिकित्सा विज्ञान तथा राष्ट्रिय प्रतिष्ठान ऐन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनय सम्बन्धी मापदण्ड बमोजितम योग्यत पुगेका व्यक्तिहरुलाई आवेदन दिन आग्रह गरेको छ । 

आवेदन दिने उम्मेदवराको न्यूनतम योग्यता नेपाल चिकित्सक परिषद्मा तर्दा भै नेपाल सरकारको ११ औ तहको चिकित्सक वा सो भन्दा माथिल्लो तहमा वहालवाला वा अवकाश प्राप्त चिकित्सक हुनुपर्नेछ । यस्तै स्वास्थ्य प्रतिष्ठानको प्राध्यापक वा अवकास प्राप्त प्राध्यापक वा स्वास्थ्य संस्था वा मेडिकल कलेजमा कार्यकारी तहको जिम्मेवारी वहन गरेको वा गरिसकेको हुनुपर्ने जनाएको छ । 
 

Last modified on 2018-08-11 09:02:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts