नयाँ मुलुकी ऐनप्रति चिकित्सकको असहमति



Download our app to get more features

काठमाडौ, २७ साउन । १ भदौबाट लागू हुने गरी बनेको मुलुकी ऐनप्रति चिकित्सकहरूले असहमति जनाएका छन् । ऐनको इलाज सम्बन्धी महलमा भएको विभिन्न व्यवस्थाका कारण चिकित्सकहरूले बिरामीको उपचार गर्न नै हिच्किचाउनु पर्ने अवस्था आउने उनीहरुको भनाइ छ ।  

सो ऐन कार्यान्वयनमा आए नेपालले ठुलो घाटा व्यहोर्नु पर्ने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । ‘डाक्टरले जस्तो सुकै जोखिममा  पनि काम गरेको हुन्छन् । जस्तो की हुम्लामा एउटा गर्भवतिको अप्रेसनबाट बच्चा जन्माउनु पर्दा टुकी बत्ती बालेर पनि डाक्टरले सुत्केरी गराएका छन् । कयांैको ज्यान बचाएका छन् । तर अब कुनै पनि यस्ता जोखिममा डाक्टरले काम गर्ने छैनन्,’ डा. कार्की भने ।

यसको सबै भन्दा ठुलो घाटा बिरामीलाई हुने उनको दावी गरे । ‘डाक्टरलाई सिधै ‘ज्यानमारा’ भनेर जुन नाम दिएको छ त्यसैले पनि चिकित्सहरू काम गर्न वा कसैको ज्यान बचाउन चुनौती लिने छैनन्,’ उनले भने ।

यस्ता निर्णय लिनु भन्दा पहिला विशेष व्यक्तिहरू बसेर छलफल गरेको भए यस्ता लापर्वाही भन्ने शब्द नआउने उनको भनाइ छ । डा. कार्कीले भने ‘यो नियम लागू भए नेपाली डाक्टर र स्वास्थ्य क्षेत्र लथालिंङ्ग हुने र काम गर्ने इच्छा शक्ति हराउनेछ । यो विषयमा सरकार गम्भीर रहनु जरुरी छ ।’

Last modified on 2018-08-14 06:09:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts