मुख्य मुकाम दिल्ली



Download our app to get more features

काठमाडौं २८,साउन । चार महिनादेखि दाहिने खुट्टाको औंलामा रगत जमेपछि सुर्खेत, वीरेन्द्रनगरको नवीन सिंहलाई परिवारले नेपालगन्ज काठमाडौं,लखनउसम्म युर्यायो । तर रोग पहिचान नै भएन । केहि उपाय नलागेपछि उनलाई दिल्ली,कारोलबागस्थित गंगाराम अस्पतालमा पुर्याइयो ।

बुटवल,मंगलापुरकी कल्पना श्रेष्ठ पाँच वर्षसम्म काठमाडौंको सिभिल अस्पताल धाइन् । बाथ रोगको लक्षण मात्र भनियो । तौल घट्दै गयो । कमजोरी हुन थाल्यो । रगत पनि जचाँइन तर निको भएन । त्यसपछि श्रीमान्ले हरियाणास्थित मेदान्त अस्पतालमा पुर्याए ।

पेटको समस्याका कारण पोखराका नीलबहादुर  गुरुङ डेढ वर्षदेखि नयाँडिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा धाइरहेका छन् । यसअघि उनले करिब दश महिना पोखरामै उपचार गराएका थिए । स्वास्थयमा निकै सुधार पनि देखियको थियो । तर छरछिमेक र आफन्तको सल्लाहमा श्रीमातीलाई साथ लाएर उनी लाएर उनी दिल्ली आइपुगे ।

काठमाडौं,डिल्लीबजारका रत्न श्रेष्ठ पनि सोहि अस्पतालमा तीन वर्षदेखि उपचार गराइरहेका  छन् । काठमाडौंमा प्रारम्भिक स्वास्थय परीक्षणपछि परिवारले थप उपचारका लागी सिधै दिल्ली लग्ने निर्णय गरे । त्यसपछि मंसिर ६,२०७३ मा नेपाल राष्ट्र बैंकको तीन दशकभन्दा बढी लामो जागिरबाट केहि महिनाअघि मात्र अवकाश पाएकी श्रीमत िदिव्याको साथ लागेर उनी दिल्ली आइपुगे ।

नवीन,नीलबहादुर,कल्पना,रत्न मात्र होइनन्, वार्षिक हजारौं नेपाली उपचारका लागी दिल्ली धाउने गरेका छन् ,यो सख्या बर्सेनि बड्दो छ । सामान्य स्वास्थ्य परीक्षण देखि मुटु, कलेजो,मिगौंलासम्धी समस्या र क्यान्सरलगाएत रोगको उपचारका लाग िउनीहरु भारत आउने गरेको छन् ।

गत वर्ष अपोलो अस्पतालमा मात्र करिब चार हजार नेपाली बिरामी विभिन्न सेवा लिएका थिए । मेदान्त,गंगाराम,म्याक्स,फोर्टिस,राजीव गान्धी,बीएलके अस्पतालमा पनि नेपालीको उतिकै भीड लाग्ने गरेको छ । वार्षिक  कति नेपाली उपचार गर्न आउँछन् भन्ने यकिन नभए पनि ती अस्पतालमा आउनेमध्ये करिब तीस प्रतिशत नेपाली रहेको अनुमान छ । 

भारतका लागी कार्यवाहक नेपाली राजदुत भरतराज रेग्मी औपचारीक अध्ययन नभए पनि ठुला र नाम चलेका निजी अस्पतामा २५ देखि ५० प्रतिशतसम्म नेपाली बिरामी 
दिल्लका मँहगा अस्पतालमा उपचार गराउन बिरामीमध्ये कम्तीमा एक चौथाएइ नेपाली

आउने गरेको दाबी गर्छन । पछिल्लो वर्ष नेपालका सीमावर्ती सहरलाई सिधै नयाँदिल्ली जाड्ने गरी सुरु भएका बस सेवाले पनि बिरामीलाई दिल्ली आउन सहज बनाएको छ । बुटवलकी कल्पना त्यहि बस चढेर आएकी  थिइन भने सुर्खेतका नवीन र मेदान्त अस्पतालमै भेटिएका धनगढीका खड्कागसिंह पालले पनि बसबाटै दिल्ली आएको बताए । काठमाडौंबाट सोझै दिल्ली उड्ने क्यान्सरका बिरामीका लागी भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भाडामा छुट दिने गरेको छ । निगमले पहिलो पटकका लागी बिरामीलाई शतप्रतिशत र सँगै आउने एक जनालाई ५० प्रतिशसम्म छुट दिदै आएको छ । तर, कर भने तिर्नुपर्छ ।


आजको कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले,नयाँदिल्लीबाट लेखेको समाचार 


 

Last modified on 2018-08-13 19:22:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts