प्याथोलोजिकल टेष्टको रिर्पोट गलत दिए तीन वर्ष जेल र ३० हजार जरीवाना



Download our app to get more features

काठमाडौं, २८ साउन । प्याथोलोजिकल टेष्ट गर्न इजाजतपत्र प्राप्त व्यक्तिले रगत, मुत्र वा खकार परीक्षण गर्दा झुठो वा गलत प्रतिवेदन वा परीक्षणबाट प्राप्त तथ्य उल्लेख गरी प्रतिवेदन दिएमा तीन वर्ष जेल सजाय र ३० हजार जरीवाना हुनेछ । आगामी १ भदौदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी ऐन ०७४ ले यस्तो व्यवस्था गरेको हो ।

यस्तै ऐनको दफा २३८ को (३) उपदफा (१) मा उक्त प्रतिवेदनको आधारमा कसैलाई औषधि सिफारिस गरी सेवन गर्दा, चिरफार गर्दा वा उपचार गर्दा कसैको ज्यान मरेमा वा अंगभंग भएका त्यस्तो प्रतिवेदन दिने व्यक्ति कसूरदार मानिनेछ । सोही प्ररीक्षण प्रतिवेदनको आधारमा व्यक्तिको ज्यान गएमा ज्यान मारे सरह र अंगभंग भए अंगभंग गरे सरह सजायँ हुने ऐनमा उल्लेख छ । यसरी कसैको ज्यान गएमा सम्बन्धित  पीडितलाई र पीडितको मृत्यु भएमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराइ दिनुपर्नेछ ।   

Last modified on 2018-08-13 19:22:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts