स्टार हस्पिटल र मेगा बैँकबीच सहकार्य गर्ने सम्झौता



Download our app to get more features

काठमाडौं, २८ साउन । ललितपुरको  सानेपास्थित स्टार हस्पिटल र मेगा बैँकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।  सम्झौता अनुसार स्टार हस्पिटलले मेगा बैँकका ग्राहक तथा ग्राहकका परिवारजनलाई उपचार खर्चमा आकर्षक छुट प्रदान गर्ने छ ।

छुट सुविधा प्राप्त गर्न सेवाग्राहीले बैँकको प्रिभिलेज कार्ड, डेबिट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्नेछ । स्टार हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र पेशामा आबद्ध जनसमुदाय सर्वशुलभ र उत्कृष्ठ स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था नहोस् भन्ने उद्देश्यका साथ सहकार्य गरेको आस्पतालका व्यवस्थापक हरि ढकालले बताएका छन् । अस्पतालले यस्तो सहकार्य निरन्तर गर्ने व्यवस्थापक ढकालले बताए । 
सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्पिटलको तर्फबाट अस्पतालका सिओओ डा. सन्देश जिसी र बैँककातर्फबाट बैँकका सिबिओ महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन् ।

Last modified on 2018-08-13 16:38:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts