विकल्प नहुँदासम्म जिल्ला जनस्वास्थ्य यथावत रहने



Download our app to get more features

काठमाडौं, २९ साउन । देशभरका सबै जिल्ला जनस्वास्थ्य कार्यालय आगामी असोजबाट खारेज हुने सरकारले निर्णय गरे पनि सो निर्णय कार्यान्वयन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले जिल्ला जनस्वास्थ्य कार्यालयको विकल्प नहुँदासम्म हालको संरचाना यथावत रहने बताएका हुन् । 

सोमबार राज्यमन्त्री डा. यादवले स्वास्थ्य विभाग अनुगमनका क्रममा हाम्रो डक्टरसँगको कुराकानीमा यस्तो बताएका हुन् । जिल्ला जनस्वास्थ्य खारेज हुँदा जनस्वास्थ्यले जारी राखेको खोप, मातृशिशु कार्यक्रम, आमा स्याहार, भिटामीनका कार्यक्रम प्रभावित हुने हुँदा विकल्प नभएसम्म यथावत राख्न लागेको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयलाई कायम राख्ने प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइसकेको स्वास्थ्य राज्यमन्त्री डा. यादवले बताए । अर्को विकल्प नआउदा सम्म जनस्वास्थ्यका कार्यक्रम पुरानो संरचनामा नै रहने यादवले जानकारी दिए । 
 

Last modified on 2018-08-14 17:24:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts