स्थानीय तहमा १४ सय ३४ स्वास्थ्यको दरबन्दी थपिने



Download our app to get more features

काठमाडौं, ३१ साउन । सरकारले ७ सय ५३ स्थानीय तहमा प्राविधिक कर्मचारीको दरवन्दी थप्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरवन्दी थप्ने तयारी गरेको हो । स्थानीय तहमा स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा यसअघि औषधिको खरिददेखि खोप संचालन कार्यक्रम तर्जुमाका क्षेत्रमा समस्या देखिएको थियो ।

उक्त समस्यालाई मध्यनजर गर्दै सरकारले आवश्यक पर्ने दरवन्दी थप्न लागेको बताइएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार आवश्यक पर्ने १४ सय ३४ कर्मचारीको दरवन्धी थप्ने फाईल मन्त्रीपरिषद्मा पुगेको छ । उनका अनुसार केही दिन भित्रै उक्त प्रस्ताव पास भई काम अगाडी बढ्ने छ ।

कर्मचारीको दरवन्दी नभए पनि स्थानीय तहमा स्वास्थ्य क्षेत्रको काम कारवाही बारे जानकारी गराउँन प्रत्येक स्थानीय तहमा हाल १ देखि ३ जना सम्म स्वास्थ्यकर्मी काजमा कार्यरत रहँदै आएका छन् । एकदेखि ४ जना सम्म कर्मचारी रहने मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरवन्दी मिलाएको छ ।

७ सय ५३ स्थानीय तह अनुसार नयाँ दरबन्धी स्वीकृत भएर आएपछि कम्तिमा २५ हजार भन्दा कम जनसंख्या भएको गाउँपालीकामा १ जना स्वास्थ्यकर्मीको प्रस्ताव, २५ हजार भन्दा माथि जनसंख्या भएको गाउँपालीका र नगरपालीकामा २ जना स्वास्थ्यकर्मी, ५० हजार भन्दा माथि १ लाख सम्म जनसंख्या भए ३ जना र सो भन्दा माथिका लागि उप महानगरपालीका र महानगरपालीकामा ४ जना स्वास्थ्यकर्मी रहने छन् ।

प्रवक्ता दाउदका अनुसार सरकारले नयाँ दरवन्धी स्वीकृत भए लगत्तै १० औं तह देखि ५ तहसम्मका स्वास्थ्यकर्मी स्थानीय तहमा पठाईने छ । यसका लागि मन्त्रालयले कार्यविभाजन समेत गरिसकेको छ । मन्त्रालयका अनुसार हालका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र जिल्ला सदरमुकाम बाहिर रहेका १५ बेडका अस्पतालहरुमा कार्यरत कर्मचारी भने यथावत रहने छन् ।

स्वास्थ्य मन्त्रालयले सुरु गरेका काम

–स्वास्थ्य मन्त्रालयले मन्त्री परिषदबाट स्वीकृत कार्य विस्तृतिकरण र कार्य बिवरण अनुसार स्वास्थ्य मन्त्रालयले कार्य तालिका कार्ययोजना बनोट कार्य

–सरकारबाट स्वीकृत वार्षिक कार्यक्रम तथा कार्ययोजना–अस्पताल, हेल्थपोष्ट, प्रार्थमिक स्वास्थ्य चौकीलाई नियमावली बनाई पुनरगठन गर्ने तयारी

–सरकार नीति तथा कार्यक्रम आर्थिक वर्ष २०७५/०७६ मा प्रस्ताव गरिएको १२ सय स्थानमा स्वास्थ्य सस्था स्थानीय तहको सहकार्यमा स्थापना गर्ने ।

Last modified on 2018-08-16 09:39:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts