कृत्रिम श्वासप्रस्वास अभ्यासमा प्रयोग हुने सामग्री हस्तान्तरण



Download our app to get more features

काठमाडौं, ३१ साउन । अमेरिकन रेडक्रसले सेतो र खैरा रङ भएका एक सय ५० वटा मेनीकिन  (Laerdal Little Anne Manikin with Light skin and Brown skin) नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ ।

विपद् तथा दुर्घटना वा बिरामीको अवस्थामा परिचालन हुने उद्धारकर्ता तथा प्राथमिक उपचारलाई तालिम दिन उपयोगी हुने यी मेनीकिनहरु कृत्रिम श्वासप्रस्वास अभ्यासमा प्रयोग गरिन्छन् ।

अमेरीकन रेडक्रस सोसाइटीका प्रतिनिधी लिला मुलुकुटला  (Leela Mulukutla) ले नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वालाई एक समारोहका बीच बुधबार केन्द्रीय कार्यालयमा हस्तान्तरण गरेका हुन् ।

ति मेनीकिनहरुको कुल लागत १२ लाख ३० हजार नेपाली रुपैया रहेको नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचार विभाग, विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग, विभिन्न गोदामघरहरु, उत्थान परियोजना तथा तयारी परियोजना मार्फत् सञ्चालन हुने तालिम ति मेनीकिनहरु प्रयोगमा आउने छन् ।

स्वासप्रश्वास समस्या भएकालाई कसरी जीवन बचाउन सकिन्छ भनी उपचारकलाई सिकाउन यी मेनिकिन सहयोगी हुने पौडेलले जानकारी दिए

Last modified on 2018-08-16 09:19:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts