बाणिज्य बैंकका ग्राहकलाई नर्भिक हस्पिटलमा विशेष सुविधा



Download our app to get more features

काठमाडौं, ३१ साउन । नर्भिक इन्टरनेशनल हस्पिटलमा राष्ट्रिय वाणिज्य बैंकका ग्राहकले उपचारका क्रममा विशेष सहुलियत एवं प्राथमिकता पाउने भएका छन् । 

नर्भिक इन्टरनेशनल हस्पिटल र राष्ट्रिय वाणिज्य बैंकबीच हालै भएको समझदारी अनुसार बैंकका कर्मचारी, बैंकको डेबिट कार्ड होल्डर ग्राहक र तिनका परिवारले विशेष सहुलियत पाउने भएका हुन् । समझदारी पत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र हस्पिटलका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा बैंक तथा हस्पिटलका बरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

समझदारीअनुसार नर्भिकले विशेष सहुलियतपूर्ण दररेटमा एम्वुलेन्स सेवा, अन्तरङ्ग सेवा र बहिरङ्ग सेवा प्रदान गर्नेछ । बैंकका कर्मचारी लगायत सबै सेवाग्राहीले नर्भिकको २५ प्रतिशत छुटसहितको विशेष स्वास्थ्य परीक्षण प्याकेजहरुमा थप ५ प्रतिशत छुट प्राप्तगर्ने उल्लेख छ । यस्तै प्याथोलोजी, अत्याधुनिक एमआरआई र सीटी स्क्यानसहितअन्य रेडियोलोजी सेवा, म्यामोग्राम, नन–इन्भेसिभ कार्डियाक प्रोसिजर्स्, शल्यक्रिया शुल्क, आदिमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । शय्या शुल्कमा भने ५ प्रतिशत छुट हुनेछ । 
 

Last modified on 2018-08-16 15:22:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts