स्वास्थ्य क्षेत्रको गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध छः मन्त्री यादव



Download our app to get more features

राजविराज २, भदौ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा शुक्रबार एक समारोहबीच डायलायसिस सेवाको उद्घाटन गरेका हुन् । करीव रु १ करोडको लागतमा अस्पतालमा चार वटा डायलायसिस मेसिन जडान गरिएको छ । 

सो अवसरमा उपप्रधानमन्त्री यादवले मुलुकमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा गुणात्मक परिवर्तनका लागि सरकार प्रतिवद्ध रहेकोछ भने ।

यो अस्पतालमा देखिएको चिकित्सकोे समस्या एक हप्ताभित्र समाधान हुने बताउँदै उनले अस्पतालको स्तरोन्नतिका लागि सम्बन्धीत सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री यादवले अस्पतालको स्तरोन्नतिका लागि रु ७६ करोड बजेट छुट्याइएको जानकारी दिँदै अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक र सम्बन्धित रोगका विशेषज्ञहरु एक साताभित्र आइपुग्ने बताए ।

प्रदेश नं २ का भूमी व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं. २ का आठ वटै जिल्लामा पशु अस्पताल निर्माण गर्ने बताए । 

राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल र प्रदेशसभा सदस्य मनिषकुमार सुमनले सप्तरीको विकासका सबै एकजुट हुनुपर्नेमा जोड दिदैं पाँच वर्षभित्र सप्तरीलाई नमूना जिल्लाको रुपमा विकास गर्नुपर्छ भने । 

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव र जिल्ला समन्वय समितिका सभापति प्रभाकर यादवले जिल्लामा देखिएको स्वास्थ्य समस्याको विविध पक्षमाथि प्रकाश पारेका थिए ।

 

 

रासस

Last modified on 2018-08-18 12:12:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts