रक्तनलीको आकस्मिक शल्यक्रिया सम्बन्धी कार्यशाला सम्पन्न



Download our app to get more features

काठमाडौं, २ भदौ । भास्कुलर सोसाइटी अफ नेपालले रक्तनली जोड्ने कार्यशाला सम्पन्न गरेको छ ।

चोट लागेर वा अन्य कुनै कारणले रक्तनलीको प्रवाहमा अवरोध हुन गयो भने तुरुन्तै रक्त सञ्चालनका लागि गरिने शल्यक्रियाको विधिबारे सो कार्यशालामा जानकारी दिइएको थियो ।

कार्यशालामा ११ जना भास्कुलर सर्जनले २२ जना एम एस रेसिडेन्ट र जुनियर फेकल्टी ( जेनरल सर्जरी र अर्थोपेडिक सर्जरी) लाई ४ घन्टा लामो अभ्यास गराइएको थियो ।

सोसाइटीले सो कार्यशाला देशका विभिन्न स्थानमा गर्दै आएको छ र अहिले सम्म ४ स्थानमा कार्यशाला सम्पन्न भइसकेको छ । काठमाडौं बाहेक पोखरा, नेपालगन्ज र विराटनगरमा सञ्चालन गरिसकेको छ भने आउँदो मंसिर १ गते चितवनमा कार्यशालाको आयोजना गरिने सोसाइटीका अध्यक्ष उत्तम कृष्ण श्रेष्ठले जानकारी दिए । 
 

Last modified on 2018-08-19 19:10:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts