प्रा.डा.रोकालाई ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’



Download our app to get more features

काठमाडौं, ३ भदौ । प्रा.डा.देवबहादुर रोकालाई २०७४ सालको ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ द्वारा सम्मानित गरिएको छ । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, आयुर्वेद चिकित्सा परिषद्, आयुर्वेद अस्पताल नरदेवी विकाससमिति जस्ता महत्त्वपूर्ण निकायमा रही उल्लेख्य योगदान गरेको, आयुर्वेद क्याम्पसको प्रमुखका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै डा.रोकालाई सम्मान गरिएको हो ।

स्याङ्जा जिल्लाको अर्जुन चौपारीमा माता धर्मकुमारी रोका र बुबा टेकबहादुर रोकाका सुपुत्रका रूपमा मध्यम वर्गीय परिवारमा जन्मिएका डा.रोका भारतको लखनउ र बनारसबाट आयुर्वेद चिकित्सामा उच्च शिक्षा हासिल गरेका उनी तीन दशकभन्दा बढी प्राध्यापनका माध्यमबाट सेवा प्रवाह गर्दै आएका हुन् ।

शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रा. आन्नददेव भट्ट, विशिष्ट अतिथि संस्कृतिविद मोदननाथ प्रसितले डा.रोकालाई आयुर्वेद चिकित्सालाई आधुनिक चिकित्साको भरपर्दाे विकल्पका रूपमा स्थापित गर्न सक्ने अपेक्षाका साथ उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts