चिकित्सकको माग अनुसार मुलुकी ऐन संसोधनमा बेवास्ता, १६ भदौदेखि कडा आन्दोलनको चेतावनी



Download our app to get more features

काठमाडौं, १३ भदौ । १ भदौमा जारी मुलुकी ऐन, मुलुकी अपराध (संहिता) ऐन ०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन ०७४ मा उल्लेख चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको विभेदकारी व्यवस्था संसोधन गर्न नेपाल चिकित्सक संघले राखेको माग सरकारले वेवास्ता गरेको आरोप लगाएको छ । 

ऐनमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गरिएको उल्लेख गर्दै संघले उक्त प्रावधान संसोधन गर्न सरकारलाई पटकपटक अनुरोध गरेको जनाएको छ । संघले १५ भदौभित्रै ऐन संसोधन गर्न सरकारलाई अल्टिमेटम पनि दिएको छ । तर संघको सो अल्टिमेटमलाई पनि सरकारले वास्ता नगरेको आरोप छ । 

सरकारको वेवास्ताविरुद्ध नेपाल चिकित्सक संघले १६ भदौदेखि कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । मंगलबार (१२ भदौमा) बसेको नेपाल चिकित्सक संघका १६ शाखाका अध्यक्ष, सचिव र अन्य सदस्यहरु, पूर्व अध्यक्ष, पूर्वमहासचिव, विभिन्न अस्पतालका निर्देशकहरु, मेडिकल कलेजका प्राचार्य, निर्देशकलगायतको बैठकले १५ भदौभित्रै सरकारले चिकित्सकका माग पुरा नगरे चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । संघको सो आन्दोलन देशैभरी हुने नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts