अस्पतालमा राजनीतिक नियुक्ति बन्द गर्न चिकित्सक संघको जोड



Download our app to get more features

काठमाडौं, १४ भदौ । नेपाल चिकित्सक संघले सरकारी अस्पतलामा हुँदै आएको राजनीतिक नियुक्तिको परिपाटी अन्त्य गर्न जोड दिएका छन् । संघीय संसदको शिक्षा तथा स्वस्थ्य समितिको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ०७५ माथि जारी छलफलमा सहभागिता जनाउँदै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले यस्तो जोड दिएका हुन् । 

सरकारले चिकित्सा क्षेत्रका लागि छुट्टै चिकित्सा शिक्षा ऐन ल्याएकोमा स्वागत गर्दै ऐनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा अस्पताललाई नराख्ने कानुनी प्रावधान बनाउन सांसदहरुलाई आग्रह गरे । बैठकमा समितिका सदस्यहरुले चिकित्सकहरुलाई आफ्नो सेवा छाडेर राजनीतिक नगर्न सचेत गराएका थिए । समितिका सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई राजनीति नगर्न सचेत गरेका हुन् ।समितिका अर्का सदस्य योगेश भट्टराईले काठमाडौं उपत्यकामा चिकित्सकहरुले अस्पतालको स्थापना हुन नदिन निषेधको नीति लिएको दावी गर्दै असन्तुष्टि व्यक्त गरे । समितिको छलफलमा बुधबार प्राडा गोविन्द केसी पनि सहभागी भएका थिए । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts