आन्दोलनरत चिकित्सकको माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र



Download our app to get more features

काठमाडौं, १८ भदौ । स्वास्थ्य सचिव स्तरिय निर्णयले आन्दोलनरत चिकित्सकहरुले उठाएका माग सम्बोधन गर्न कानुन मन्त्रालयलाई परिपत्र गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज भएको त्रिपक्षीय वार्ताबाट कानुन मन्त्रालयलाई चिकित्सकको माग अनुसार मुलुकी अपराध संहिता संशोधनको लागि परिपत्र गर्ने निर्णय भएको हो । 

बैठकमा नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सहभागी थिए । नेपाल चिकित्सक संघले सरकारले जबसम्म संसदमा आफूहरुको मागलाई ध्यानमा राखि संशोधन प्रस्ताव दर्ता गराउँदैन तबसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

Last modified on 2018-09-03 16:36:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts