२५ भदौमा मुलुकी अपराध संहिता संसोधन प्रस्ताव दर्ता नभए चिकित्सकहरु फेरि आन्दोलनमा उत्रने



Download our app to get more features

काठमाडौं, १९ भदौ । मुलुकी अपराध (संहिता) ऐन ०७४ का विवादस्पद विषय संसोधन गर्ने बारे १८ भदौमा नेपाल चिकित्सक संघ, नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलको निश्कर्ष आगामी २५ भदौभित्र संसदमा प्रस्ताव नभए आन्दोलनलाई निरन्तरता दिने चिकित्सक संघले जनाएको छ ।  

ऐन संशोधन प्रस्ताव संसदमा दर्ता नगराए २६  भदौ मंगलबारदेखि माग पुरा नहुनजेलसम्म देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका अन्य स्वास्थ्य सेवा बन्द गर्ने संघले निर्णय गरेकोे छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघले मातहतका सबै शाखा कार्यालय र देशभरका स्वास्थ्य संस्था पनि सो निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । 

१ भदौदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन ०७४ मा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अपराधीको शैलीमा व्यवहार गरिएको भन्दै संघले १७ भदौदेखि देशभर सांकेतिक विरोध गरेको थियो । १८ भदौमा स्वास्थ्य राज्यमन्त्रीलगायत सरोकारवाला निकायका प्रतिनिधिसँग भएको छलफलपछि संघले आन्दोलन स्थगित गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ का विवादास्पद बुँदाहरुका सम्बन्धमा निम्न लिखित ढाँचामा संशोधन प्रस्ताव संसदमा २५ भदौमा ०७५ मा दर्ता गराउने लिखित प्रतिबद्धता जाहेर भएको संघले जनाएको छ । 

Last modified on 2018-09-04 19:55:08


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts