चिकित्सकका लागि बाध्यात्मक व्यवस्था ल्याउँदै सरकार



Download our app to get more features

काठमाडौं, २६ भदौ । चिकित्सकहरुलाई सबै क्षेत्रमा खटाउनका लागि सरकारले बाध्यात्मक व्यवस्था ल्याउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले यसका लागि सुगममा भएका डाक्टरहरुलाई दुर्गममा खटाउने र दुर्गममा भएका डाक्टरहरुलाई सुगममा ल्याउने गरी मूल्यांकन भइरहेको बताएका छन् । 

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. यादवले सबै नागरिकलाई समान रुपमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकहरुलाई एक वर्ष दुर्गम र एक वर्ष सुगम क्षेत्रमा खटाइने ऐन ल्याउन लागेको जानकारी दिए । 
हाम्रो डक्टरसँग कुराकानी गर्दै राज्यमन्त्री यादवले दुवै क्षेत्रमा चिकित्सकलाई खटाउँदा उनीहरुको अभ्यासगत अंंक र काम गर्ने सम्बन्धमा थप विज्ञता बढ्ने बताए ।

Last modified on 2018-09-12 08:20:39


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts