चिकित्सक आचार संहिता: चिकित्सकले यी २१ गल्ती गरे हुनेछ सजाय



Download our app to get more features

काठमाडौं, २८ भदौ । चिकित्सक आचार संहितामा कडाई गरेसंगै प्रेस्क्रिप्सन र स्वास्थ्य परिक्षण जस्ता विषयमा केही सुधार देखिएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई कानुनको परिधिभित्र राख्न नयाँ आचार संहितामा कडाई गरेको थियो । काउन्सिलले सार्वजनीक सुचना जारी गर्दै पे्रस्क्रिप्सन र उपचारमा गंभिर बन्न अपिल गरेपछि चिकित्सकमा केही सुधारको संकेत देखिएको हो । 

डाक्टर तथा चिकित्सा व्यवसायीको मुख्य लक्ष्य नै मानवताको सेवा हो, भन्ने काउन्सिलले मान्यता रही आएको छ । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा दिलिप शर्माले आचार संहितामा कडाई गरेसंगै प्रेस्क्रिप्सन ठुला अक्षर र बुझिने प्रकारको भएको बताए । प्रेस्क्रिप्सन नबुझिने भएका कारण कयौं बिरामीहरुलाई सिफारीस गरेको भण्दा भिन्नै किसिमको औषधि दिने गरिन्छ । 

शर्माले चिकित्सा पेशालाई उच्च र सम्मानीत पेशाको रुपमा हेरिने हुदा यस पेशालाई चिकित्सक स्वयंले नै यसको उच्च सम्मान गर्ने वातावरण कायम राख्न आचार संहितामा कडाई गरिएको बताए । 

निलम्बन देखि दर्ता खारेजी सम्म  
आचार संहिताले दोषि देखिएका चिकित्सकहरुको दर्ता खारेज देखि निलम्बन गर्न सक्ने प्रावधान रहेको छ । आचार संहिता उल्घन गरेका चिकित्सकलाई सचेत गराउने देखि विरामी जाँच्न नदिने, दर्ता खारेज गर्ने, निलम्बन गर्ने, र पाँच लाख रुपैयाँ सम्म जरिवाना गर्ने छ शर्माले भने । 
अधिकांस चिकित्सकहरुले विरामीलाई आवश्यक नपर्ने औषधिहरु पनि लेखिदिएका हुन्छन् यस्ता चिकित्सकलाई कानुनी दायरामा ल्याउनु पर्छ । पछिल्लो समय आएको आचारसंहिताले चिकित्सकलाई उपचार गराउन आएका विरामीको हकमा बढी र कम औषधि लेख्न बन्देज लगाएको छ । 

डाक्टरलाई मात्रै दोषि देखाउँने काम भयो  
नेपाल मेडिकल काउन्सिलले बनाएको आचार संहिता प्रति नेपाल चिकित्सक संघले आपत्ती जनाएको छ । उसले भनेको छ, आचार संहिता बनाउनु सह्रानीय काम हो । तर, चिकित्सकहरुलाई मात्रै दोषि देखाउने गरि बनाएको आचार संहिता मान्य छैन ।’ नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले सबैलाई मिल्ने किसिमले आचारसंहिता नआएको बताए । चिकित्सकले गर्न हुने, नहुने विषय ल्याएको छ, यसलाई राम्रो मान्न सकिन्छ कार्कीले भने, ‘हामी चिकित्सकहरु मात्रै दोषि हुदैनौं । विरामी र विरामीका परिवारको पनि हात रहेको हुन्छ । त्यसलै सबै समस्यामा चिकित्सकलाई मुछेर बदनाम गराउने आचारसंहिता ल्याउनु आफैमा न्यायोचित छैन ।’ 
बिरामी ले के गर्न हुन्छ हुदैन भन्ने कुरालाई कतै आचार संहितामा समेटिएको छैन । वीर अस्पतालका प्राध्यापक डाक्टर स्वंयम प्रकास पण्डीतले भने, चिकित्सकले गल्ती गरेको भए त्यसको सजाय भोग्नु पर्छ । तर, चिकित्सक भन्दा बाहीरबाट हुने गल्तिलाई पनि समावेस गराएको भए सुनमा सुगन्ध हुने थियो ।  
 
उपचार सेवा दिनु अघि गर्नुपर्ने सहमती 
♦    उपचार गर्नु अघि बिरामीलाई निजको रोगको प्रकृति, उपलब्ध उपचारको विकल्पका फाईदा वेफाईदा, त्यसको विकल्पहरु तथा त्यसको परिणाम र समस्याको बारेमा प्रयाप्त जानकारी दिनुपर्छ । 
♦     उपचारमा संलग्न चिकित्सकले लिखितरुपमा अभिलेख राख्नुपर्दछ । विरामी १६ वर्ष भन्दा कम उमेरको नावालक विरामी भएको खण्डमा निजको बाबु आमा वा अविभाबक वा कानुनी अविभाबकसँग सहमति लिनु पर्दछ ।
♦     विरामी मानसिक रोगी वा कुनै किसिमको मानसिक दुर्वलता भएको रहेछ भने, विरामीलाई, निजको मान प्रतिष्टा र उपचारको लक्षको वारेमा जानकारी भएको नजिकको हकवालासँगबाट सहमित लिने ।  
♦     आकस्मिक अवस्थामा सुचित सहमति लिन आवस्यक पर्दैन । 

औषधिको प्रेस्क्रिप्सन दिँदाः

♦     सरल भाषामा विरामी तथा विरामीको परिवारले बुझ्नेगरी चिकित्सकले औषधीको मात्रा, खाने समय तथा उपचार गर्ने अवधी समेत राम्रो सँग विवेचना गर्नुपर्दछ । त्यसैगरी औषधीको सम्भावित नकारात्मक असर तथा पुनः भेट गर्न आउनुपर्ने भए सो समेतको जानकारी दिनुपर्छ । 
♦    प्रेस्क्रिप्सन ठुला अक्षरमा वा छापेर वा सम्पुर्णरुपमा बुझिनेगरी हातले लेखेर दिनुपर्ने कुरा पनि अति महत्वपुर्ण हुन्छ ।
♦     चिकित्सकले निजको नाम तथा मेडिकल काउन्सिलमा दर्ता भएको दर्ता नम्वर समेत बुझिनेगरी प्रेस्क्रिप्सनमा राख्नु पर्छ । 
♦     चिकित्सकले अर्को चिकित्सकले शिफारिस गरेको औषधी दिनको लागि फार्मेशीमा जानु हुदैन ।
♦     चिकित्सकले, जसले आफ्नो विरामीलाई आफैले शिफारिस गरेको औषधी वितरण गरेको छ भने, त्यस्तो औषधी निजले दिएको प्रेस्कृप्सन बमोजिम कै औषधी कडाइका साथ वितरण गर्ने र औषधी हस्तान्तरण गर्दा लेवल भएको मात्र औषधी वितरण गर्ने ।
♦    औषधीको शिफारिस गर्दा सकेसम्म बुझिने सरल नाम दिनु पर्छ ।
♦     चिकित्सकले विरामीलाई तोकिएको समयमा औषधी दिनुपर्ने कुराको जानकारी सहित निर्देशिका अनुसार सहि रुपमा प्रेस्कृप्सनमा उल्लेख गर्नुपर्छ ।
♦    चिकित्सकले विल्कुलै किटान गरिएको अबस्थामा वाहेक औषधी प्रति ब्यसन वा लत हुनेगरी वा सो प्रति आसक्त हुन सक्ने गरी औषधी सेवन गर्नको लागि दिनु हुदैन । 
♦    कसैको स्वार्थबाट प्रभावित भएर कुनै उपचार गर्ने वा विरामीलाई शिफारिस गर्ने काम गर्नुहुदैन ।
♦    चिकित्सकले फर्मासुटिकल वा अन्य कम्पनीहरुसँग कुनै पनि बहानामा निजको ब्यक्तिगत वा पारिवारिक प्रयोजनको लागि ब्यक्तिगत हैसियतमा आर्थिक वा अन्य उपहार स्विकार गर्नु हुदैन ।

यसकारण चिकित्सा ब्यवसाय गर्न अयोग्यताः
♦     नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतवाट दोषी ठहर भएको ब्यक्तिको दर्ता स्वतः खारेज हुने भई त्यस्तो ब्यक्ति चिकित्सा पेशाको लागि योग्य मानिने छैन ।
♦    चिकित्सकको स्वस्थतामा असर गर्ने खालका अभ्यासहरु (जस्तैः मादकपदार्थ वा लागु औषध सम्बन्धी अपराध) पनि काउन्सिलको विशेष चासोको रुपमा रहेको हुन्छ ।

चिकित्सकले यी २१ गल्ती गरेमा सजाय हुने
१. सहमति नलिएमा
२. मेडिकल अभिलेख व्यवस्था नगरेमा
३. गोपनीयता भंग गरेमा
४. चिकित्सक र विरामीबीचको सम्बन्ध अनुपयुक्त ढंगबाट विच्छेद गरेमा
५. अन्य चिकित्सा व्यवसायीको विपरित कार्य गरेमा
६. औषधि व्यवसायी वा मेडिकल औजारसँग सम्बन्धित कम्पनीसँग आर्थिक लेनदेन गरी व्यक्तिगत फाइदा प्राप्त गरेमा
७. बिरामीलाई अनुचित ढंगबाट सूचना प्रवाह नगरेमा
८. काममा रहेको समयमा लागूपदार्थ सेवा गरेमा
९. बिरामीसँग अधिक शुल्क लिएमा
१०. गैरकानुनी, अनाधिकृत तथा अयोग्य व्यक्तिसँग काम गरेमा
११. बिरामीलाई अनुसन्धान र औषधि उपकरण लगायतमा कमिसन लिएमा
१२. आफ्नो प्राइभेट कार्यको सम्बन्धमा बिरामीलाई नर्सिङ होममा बोलाएर उपचार गरे गराएमा
१३. व्यवसाय सञ्चालन गर्न सक्षम नहुँदै सञ्चालन गरेमा
१४. आफ्नो क्षमताबाहिर गई व्यवसाय सञ्चालन गरेमा
१५. बिरामी, बिरामीको परिवार, आफन्त, आफू अन्तर्गतका सहकर्मी, स्टाफहरुसँग अनैतिक व्यक्तिगत सम्बन्ध राखेमा
१६. सर्वसाधारणमा अनुपयुक्त सूचना प्रवाह गरेमा
१७. अनुपयुक्त औषधिको प्रेस्क्रिप्सन गरेमा
१८. सक्षम नहुँदै पनि वैकल्पिक र सहयोगी थप व्यवसाय गरेमा
१९. गैरकानुनी प्रमाणपत्र जारी गरेमा
२०. बिरामीलाई सरकारी अस्पतालबाट निजी वा क्लिनिक वा नर्सिङ होममा जान दवाव दिने वा वाध्य पारेमा
२१. चिकित्सकलाई आफू अध्ययन गर्ने भन्दा अन्य स्थानमा गएर सेवा गर्न प्रोत्साहन गरेमा ।

Last modified on 2018-09-13 18:18:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts