सिद्धार्थनगर सिटी हस्पिटलमा आमा सुरक्षा कार्यक्रम सुरु



Download our app to get more features

भैरहवा, २८ भदौ । सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवाले आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । 

नीजि अस्पताल तर्फ यो कार्यक्रम पहिलो पटक सञ्चालित कार्यक्रम रहेको हस्पिटलले भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क प्रसुती सेवा, निःशुल्क अपरेशन गरी बच्चा जन्माइने र बिरामीहरुलाई यातायात खर्च समेत उपलब्ध गराइने सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेलले बताए । कार्यक्रमबाट जटिल किसिमको प्रसुति सेवा, सि.एस. सेवाले मर्चवार, लुम्बिनी कपिलवस्तु, अर्घाखाँची, नवलपरासी, गुल्मी लगायतका बिरामीहरुले प्रत्यक्ष सेवा पाउने पौडलले जानकारी दिए ।

अस्पतालमा विशेषज्ञ डाक्टरहरु फुल टाइम रुपमा कार्यरत रहेको र यो सेवा महिला तथा प्रसुती रोग विशेषज्ञद्धारा २४ घण्टा उपलब्ध गराइने स्त्रीरोग विशेषज्ञ डा. मञ्जली यादवले बताइन् ।

विगत लामो समय देखि स्वास्थ्य सेवा प्रदान गदै आइरहेको हस्पिटलले मृगौला, निःशुल्क डायलाइसिस, सम्पूर्ण हाडर्जोजीको अपरेशन, आइसियु, नवजात शिशु बिरामीहरुका लागि एन.आइ.सिय, विभिन्न अपरेशन तथा थाइराइड मेशिनद्धारा रगत जाँच, भिडियो एक्सरे, डिजिटल एक्सरे, बालरोग, जनरल फिजिशियन , फिजियोथेरापी लगायत सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेको हस्पिटलका अध्यक्ष एवं वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. सुबोध कुमार पाण्डेले बताए ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts