विदेशी साथीको क्यान्सर उपचार गराउन २ सय ५० घण्टा जंगल पदयात्रा



Download our app to get more features

यात्रा अस्ट्रेलिया, २८ भदौ । क्यान्सरपीडित, त्यो पनि ब्रेन क्यान्सरको तेस्रो स्टेजमा पुगेर बाँच्ने संघर्ष गरिरहेको साथी बचाउन के सम्म गर्न सकिन्छ ? सिड्नीका एक अस्ट्रेलियाली नागरिकले आफ्ना नेपाली साथीको उपचारमा सहयोग जुटाउन २ सय ५० किलोमिटर जंगल पदयात्रा गर्दै छन् ।

त्यो पनि लगातार १० दिनसम्म । ९ वर्षअघि विद्यार्थी भिसामा श्रीमतीसहित अस्ट्रेलिया आएका काठमाडौंका विदुर कर्माचार्यलाई ३ महिनाअघि ब्रेन क्यान्सर भएको पत्ता लाग्यो । सामान्य टाउको मात्र दुख्ने समस्या रहेका उनी अचानक अस्वस्थ बनेपछि अस्पताल गए । उपचारका क्रममा उनलाई क्यान्सर लागेको थाहा भयो ।

सामान्य काम गरेर जीविका चलाइरहेका २ साना नानीका अभिभावक कर्माचार्यलाई आर्थिक भार त पर्यो नै, जीवन कसरी व्यवस्थित बनाउने समस्या पनि थपियो । उनीहरूको समस्याबाट परिचित विदुरका अस्ट्रेलियाली साथी म्याट लोयडले सहयोग जुटाउने नयाँ उपाय निकाले । विदुरकै लागि भनेर न्युकासलदेखि सिडनीसम्म २ सय ५० किलोमिटर जंगल पैदलयात्रा गर्ने र न्यूनतम १० हजार डलर (करिब ८ लाख रुपैयाँ) सहयोग संकलन गरिदिने लोयडको संकल्प छ ।

म्याटले एक वेबसाइटमार्फत आफ्नो पैदलयात्राका लागि सहयोग जुटाउन आह्वान गरेका छन् । उनले अहिलेसम्म झन्डै ९ हजार ५ सय डलरभन्दा बढी सहयोग संकलन गरिसकेका छन् । उनको पदयात्रा २३ तारिखमा १० दिनपछि टुंगिनेछ ।

Last modified on 2018-09-14 07:08:53


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts