न्याम्सको उपकुलपति छनौट प्रक्रियाको विरोधमा सरकारी चिकित्सकले घेरे मन्त्रालय


Download our app to get more features
Birat Hospital

काठमाडौं, २९ भदौ । सरकारी चिकित्सक संघ, नेपालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति छनौट प्रक्रियामा असहमति जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको छ । 

स्वास्थ्य सेवामा कार्यरत चिकित्सक बाहेकका चिकित्सकलाई प्रतिष्ठानको उपकुलपति बनाउन खोजिएको आशंका गर्दै त्यसविरुद्व सरकारी चिकित्सक संघ, नेपालले शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेको हो । स्वास्थ्य सेवामै लागि रहेकाहरूलाई उपकुलपति नियुक्त नगर्ने गरी सरकारले छनौट प्रक्रिया अघि बढाएपछि त्यसको विरोध गर्नु परेको संघका अध्यक्ष डा. दिपेन्द्र पाण्डेले जानकारी दिए । 

Square AD in hamrodoctor news detail page

संघले स्वास्थ्य सेवामा कामै नगरेका र नजिकबाट अनुभव संकलन नगरेका चिकित्सकलाई उपकुलपतिमा सिफारिस गरिए न्यायोचित नहुने ठहर गरी स्वास्थ्य सेवाका बहालवाला चिकित्सकलाई नै उपलकूलपति नियुक्ती गर्न माग गरेको छ । यस अघि संघले उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गत आईतबार ज्ञापन पत्र बुझाएको थियो । मुलुकको पुरानो मध्येको एक सरकारी अस्पताल वीर अस्पतालमा उपकुलपति नियुक्ती गर्ने विषयलाई हल्का रुपमा नलिन पनि संघले सरकारलाई चेतावनी दिँदै आएको छ । स्वास्थ्य सेवामा कार्यरत चिकित्सकलाई मात्रै उपकूलपति बनाउन गरिएको आग्रह बेवास्ता गरे सरकारविरुद्ध कडा कदम चाल्न बाध्य हुने संघको चेतावनी छ ।

Last modified on 2018-09-15 06:08:16

Spark_health_home NIdan Hospital

Leave a Comment


फेसबुकबाट तपाईको प्रतिक्रिया

Era Health Center vayoda Related Posts BlueCross_Dec12