जनस्वास्थ्य विधेयक ०७५ पारित 



Download our app to get more features

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभाले जनस्वास्थ्य विधेयक ०७५, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक ०७५ सहितका मौलिक हकसँग सम्बन्धित विभिन्न विधेयक पारित गरेको छ । शुक्रबार बसेको बैठकले  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, ०७५,  भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, ०७५ लगाएतका बिद्ययेक पारित गरेको हो । 

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । सोही बैठकमा जनस्वास्थ्य विधेयक, ०७५ विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक भोलि शनिबार २ बजे बोलाईएको छ ।

Last modified on 2018-09-15 07:03:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts