ब्लुक्रसको स्वास्थ्य शिविरबाट डेढ सय महिला लाभान्वित



Download our app to get more features

काठमाडौ ३१, भदौ । तीजको अबसर पारेर राजधानीको त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलले  लक्ष्मी विकास बैङ्कको सहकार्यमा ऋषि मन्दिर टेकुमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

शुक्रवार आयोजना गरिएको उतm शिविरमा १ सय ५० जनाको स्वास्थ्य परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

परीक्षणमा सबैजसो महिलामा व्रतका कारण कमजोरीले टाउको दुख्ने, ज्वरो आउने तथा ग्यास्ट्रिक लगायतका समस्याहरु देखिएको थियो ।

परीक्षण पछि सहभागीहरुलाई निःशुल्क औषधि वितरण गरिएको थियो । थप उपचार आवश्यक पर्नेलाई अस्पतालले सहुलियतमा उपचार दिने बताइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts