नेपाल अर्बुद रोग निवारण संस्थाको वार्षिकोत्सवः क्यान्सर रोगीको जीविका भत्ता खारेज नगर्न माग



Download our app to get more features

काठमाडौ ३१,भदौ । नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो स्थापनाको ३६ औ वार्षिकोत्सव मनाएको छ । 

राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव लगायत स्वास्थ्य क्षेत्रका विशिष्ठ व्यतिm सहभागी भए । सो अवसरमा मन्त्री यादवले क्यान्सर रोग अतिनै पीडादायी र घातक भएको भन्दै यसमा सबै नागरिकको उपचारको पहुँच विकास गर्नुपर्ने बताए । उनले भने, ‘विस्तारै क्यान्सर अस्पतालको वृद्धि भइरहेको भरतपुर, भक्तपुरका साथै नेपालगञ्ज र सिरहामा समेत अस्पताल र उपकरण वृद्धि हुँदैछ । यसले क्यान्सर उपचारका लागि राम्रो प्रबन्ध गरेको छ ।’ 

मन्त्री यादवले क्यान्सरको रोकथाम र उपचारमा हुने अभियानहरुमा सरकारले साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा अर्बुद रोग निवारण सस्थाका अध्यक्ष लोकेन्द्र बहादुर श्रेष्ठले संस्थाका बारेमा जानकारी सहित पूर्ववर्ती सरकारले क्यान्सरका बिरामीका लागी दिएको ५ हजार जीविका भत्ता कटौती गरेकोमा गुनासो गरे ।

सो कार्यक्रम फेरी सुचारु गर्न उनले आग्रह समेत गरेका छन् । उनले क्यान्सरका बिरामीलाई वितरण गरेको १ लाख रुपयाँलाई ५ लाख पुर्याउनु पर्ने बताए । भतmपुर क्यान्सर अस्पतालमा अहिले क्यान्सरका सम्पूर्ण रोगको उपचारका लागी अधिकांश उपकण र क्यान्सरका विशेषज्ञ पनि भएकाले क्यान्सरको उपचार नेपालमा नै सम्भव रहेको उनले दावी गरे ।  उनले नेपालबाट विशिष्ट व्यक्ति उपचारका लागी विदेशमा जाँदा खर्च नव्योहोर्ने विषय विधेयकमा आउनुलाई स्वागत गरे । 


कार्यक्रममा संस्थाका महासचिव विमल कुमार होडाले संस्थका वार्षिक गतिविधिहरुका बारेमा जानकारी दिए । नेपाल अर्बुद रोग निवारण संस्था देशका ४२ ओटा जिल्ला शाखाका रुपमा छ । यसका १० हजार भन्दा बढी सदस्य रहेका छन् । यो गैरनाफामूलक संस्था हो । यसले भत्तपुर क्यान्सर अस्पतालको अलावा सिरहामा क्यान्सर परीक्षण केन्द्र पनि सञ्चालन गरेको छ । 
वार्षिकोत्सव कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका कर्मचारी, स्ववंसेवक तथा सरोकारवालालाई सम्मान पनि गरेको छ । 

 

Last modified on 2018-09-18 07:34:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts