हृदयघात रोक्ने औषधि एसप्रिन खानेलाई नयाँ अध्ययनको चेतावनी 



Download our app to get more features

बीबीसी / हृदयघात भएका मानिस वा हृदयघात नहोस् भनेर सेवन गराइने एसप्रिन नामक औषधिका बारेमा नयाँ तथ्य सार्वजानिक भएको छ । यसको प्रयोगका बारेमा अमेरीका र अस्ट्रेलियामा १९ हजारभन्दा बढी मानिसका बीच गरिएको अध्ययन अनुसार ७० वर्षभन्दा माथिकाले सेवन गरेमा ठूलो हानी गर्ने चेतावनी समेत दिएको छ । 

एकपटक हृदयघात भएपछि प्राय जसो डाक्टरले एसप्रिन नामक औषधिको सेवन गर्न सल्लाह दिने गरेका छन् । किनकी यो औषधिको सेवनले रगतलाई  पातलो गर्छ र फेरी हृदयघात हुनबाट बचाउँछ ।

तर, ७० वर्ष पार गरेको स्वस्थ वृद्धावृद्धाहरुले यसको सेवन गर्न नहुने अध्ययनमा भनिएको छ । अध्ययनका अनुसार ७० वर्षभन्दा बढी उमेर भएका स्वस्थ मानिसमा भने यो फाइदा जनक हुँदैन । यहाँ सम्मकी यो औषधि सेवनले आन्तरिक रक्तस्राव हुने खतरा हुन्छ ।

विशेषज्ञले गरेको अध्ययनको यो नतिजा महत्वपूर्ण छ । मानिसले आफुले आफै उपचार गर्ने भनौ या हृदयघातबाट बच्नका लागी एसप्रिन नामक औषधि सेवन गर्ने क्रम पछि बढेको छ । 

यसको अध्ययन आधा उमेरका मानिसमा गरिएको थियो । यसमा अमेरीका र अस्ट्रेलियाका १९ हजार १ सय चौध जना सहभागी थिए । ती सबै हृदयघातसँग जोडिएका बिरामी भने थिएनन् । न्यू इन्ल्यान्ड अफ मेडिसिनमा प्रकाशित तीन रिपोर्टमा देखाएको छ की, तिनीहरुमा न हृदयघात नै थियो न हुनसक्ने खतरा कम भयो अरु कुनै फाइदा पनि थिएन । यहाँसम्म की यसको सेवनका कारण केहीमा रक्तस्राव पनि सुरु भयो ।

मोनाश यूनिभर्सिटीका प्रोफेसर जान म्याकनील भन्छन्  यो अध्ययनको मतलब यो हुन्छ कि सँधै एसप्रिन खाने लाखांै बूढाबूढीमा यसको फाइदा छैन र यसले रक्तस्रावको खतरा पनि बढाउँछ ।

यो अध्ययनले ती डाक्टरको मद्दत गर्छ जो लामो समयदेखि थलिएका बिरामीलाई दिने गर्छन डाक्टरलाई कस्तो बिरामीलाई एसप्रिन दिने भन्ने जानकारी हुनुपर्छ ।

यो अध्ययनमा पनि पाइएको छ कि क्यान्सर हुनेवाला मानिसमा मृत्यृको खतरा बढी छ । शोधकर्ताका अनुसार क्यान्सर र यो विषयमा थप अध्ययन गर्नु जरुरी छ ।

अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर राथवेल बताउँछन् कि, ७० वर्षको उमेरमा यदि हृदयघात सम्बन्धी रोग छैन भने यो औषधि खानुमा कुनै फाइदा छैन ।

यो अध्ययन ती मानिस लागु हुन्छन जो मुटुको बिरामीको कारण एसप्रिन लिने गर्छन । तीनले तत्कालै औषधि छाड्ने भन्दापनि आफ्नो डाक्टरको सल्लाह मान्नुपर्छ । 

Last modified on 2018-09-17 15:48:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts